ग्लोबल आईएमई बैंकद्धारा विद्यार्थीहरुलाई वित्तीय साक्षरता

सुर्खेत, ११ चैत्र ।
विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) को अवसरमा ग्लोबल आईएमई बैंकले सुर्खेतमा विद्यार्थीहरुका लागि वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ । ग्लोबल आइएमई बैंक सुर्खेत शाखा कार्यालयले बिहिबार सुर्योदय बोर्डिङ स्कुल वीरेन्द्रनगर–१० कक्षा–११ मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको हो ।

ग्लोबल आइएमई बैंक कर्णाली प्रदेश प्रमुख दिभुषण श्रेष्ठ, प्रदेश कार्यालयबाट रमेश बोहोरा, सुर्खेत शाखा प्रमुख कृष्णराज बराकोटी, वीरेन्द्रनगर शाखा प्रमुख ज्ञानेन्द्र भण्डारी तथा कर्मचारीहरुले विद्यार्थीलाई पैसाको महत्व तथा वित्तीय शिक्षाका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रम सञ्चालन बैंक शाखाका बरिष्ठ सम्बन्ध प्रवन्धक शुभास कँडेलले गर्नुभएको थियो । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने अभियान हो । किशोर तथा युवाहरुमा वित्तीय ज्ञान, सीप र अभिवृद्धि गर्दै उनीहरुलाई विवेकशील वित्तीय निर्णय लिन अभिप्रेरित गर्ने उद्देश्यमा यो सप्ताह केन्द्रित रहन्छ ।

सन् २०१२ देखि मनाउन सुरु गरिएको यो सप्ताह १७५ वटा राष्ट्रका ४ करोड बालबालिका तथा युवामाझ पुगिसेकेको छ । ग्लोवल मनी विकको स्थायी स्लोगान ‘सिक, बचत गर र कमाउ’ रहेको छ भने ग्लोवल मनी विक, २०२१ को स्लोगान ‘टेक केयर अफ योर सेल्फ, टेक केयर अफ योर मनि’ रहेको छ । यस स्लोगानले वर्तमान समयमा वित्तीय लचकता र स्वस्थता कायम राख्न अभिप्रेरित गर्दछ ।

यस वित्तीय सप्ताहमा सहभागीको हैसियतले नेपालले पनि यस वर्ष विभिन्न कार्यक्रम गरी मार्च २२ देखि २८ सम्म मनाउँदैछ । यसमार्फत मुलुकमा वित्तीय शिक्षाको प्रवद्र्धन मार्फत वित्तीय साक्षरता एव जागरण अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवद्र्धनमार्फत स्वरोजगार सिर्जना, उत्पादन तथा आय अभिवृद्धि गरी अन्ततोगत्वा आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ग्लोबल आईएमई बैंकद्धारा विद्यार्थीहरुलाई वित्तीय साक्षरता

महिलालाई कारावास, परिवारको उठिवास

ग्लोबल आईएमई बैंकद्धारा विद्यार्थीहरुलाई वित्तीय साक्षरता

कर्णाली जल प्रतियोगितामा भाग लिनुहोस्, २० लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *