विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी

सल्यान ।
सल्यानको एक विद्यालयका विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेका छन् । सल्यान जिल्लाको बागचौर नगरपालिका–७ टाट्केमा रहेको बालकन्या माध्यमिक विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरूले शिक्षकको माग गर्दै विद्यालयमा तालाबन्दी गरेका हुन ।

बागचौर नगरपालिका – टाट्केमा रहेको बालकन्या माध्यमिक विद्यालयमा वैशाखदेखि कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी र कक्षा १ देखि १० सम्म गणित विषय विगत एक महिनादेखि पठनपाठन नभएपछि बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नुपरेको विद्यार्थीहरूको भनाई छ । प्राथमिक तहमा चार महिनादेखि र माध्यमिक तहमा एक महिनादेखि अङ्ग्रेजी र गणित विषयको शिक्षक नहुँदा बाध्य भएर तालाबन्दी गर्नुपरेको विद्यार्थी कमल वलीले बताए । सामुदायिक विद्यालयमा धेरै विद्यार्थी अङ्ग्रेजी र गणित विषयमा कमजोर रहेका छन् तिनै विषयका शिक्षक नहुँदा हाम्रो पढाइ कस्तो होला भन्दै उनले प्रति प्रश्न गरेका थिए ।

आधा शैक्षिक सत्र सम्पन्न हुँदै गर्दा समेत पठनपाठन राम्रोसँग अघि बढ्न नसकेको अर्का विद्यार्थी पुष्पा वलीको भनाई छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले गणित र अङ्ग्रेजी विषय पढ्नबाट वञ्चित भएका छन् । विद्यालयबाट चालु शैक्षिक सत्रमा एक जना सरुवा गरिएको र नगरपालिकाको अनुदानमा अध्ययन गराइरहेका ती शिक्षकलाई विना कारण हटाइएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
एक निजीसहित तीन शिक्षकलाई नगरपालिकाले हटाएपछि पठनपाठन प्रभावित बनेको प्रधानाध्यापक चक्रपाणी गौतमले बताए । सरुवा भएर गएका शिक्षकको ठाउँमा अर्को शिक्षक आउने तयारी भएको नगरपालिकाबाट हटाइएका अनुदानका शिक्षकको सवालमा नगरपालिकाबाट नै समाधान हुनुपर्ने उनले बताएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *