क्यान महासंघद्वारा भौतिक मन्त्रालयका सचिवलाई ध्यानाकर्षण पत्र

सुर्खेत । कम्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आज भौतिक पूर्वाधार, उर्जा तथा जलश्रोत मन्त्रालयका सचिव समक्ष ध्यानाकर्षण  पत्र पेश गरेको छ ।

क्यान महासंघ सुर्खेत शाखाका अध्यक्ष तथा केन्द्रिय सदस्य रामकिशोर रावलले संयूक्त रुपमा मन्त्रालयका सचिव देवराज निरौलालाई ध्यानाकर्षण पत्र पेश गर्नुभएको हो । पत्रमा कर्णाली प्रदेश सरकारले ल्याएको डिजिटल कर्णालीको अभियानलाई सार्थक बनाउन क्यान महासंघले पूर्ण साथ र सहयोग रहि आएको जनाउँदै आधुनिक प्रविधीलाई आत्मसाथ गर्दै राज्यले प्रवाह गर्ने सेवा सुविधा पनि प्रविधीमैत्री हुनु आजको आवश्यकता रहेको जनाएको छ ।

ध्यानाकर्षण पत्रमा नेपाल सरकार अन्तरगतको महालेखा नियन्त्रण कार्यालयले राजश्व भुक्तानी गर्ने विद्युतिय पोर्टललाई कार्यान्वयनमा ल्याएको सर्वविदितै छ । तर कर्णाली प्रदेश सरकारको त्यस मन्त्रालय अन्तरगतको यातायात व्यवस्था कार्यालयले भने विद्युतिय प्रणालीलाई लागु नगरेको कारणले त्यस तर्फ महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
क्यान महासंघका केन्द्रिय सदस्य रामकिशोर रावलले यातायात व्यवस्था कार्यालय सुर्खेतमा अहिलेको डिजिटल प्रविधीको समयमा पनि राजश्व बुझाउन घण्टौ लाइनमा बस्नुपर्ने कार्यलाई हटाउनकालागि आफूहरुले मन्त्रालयको ध्यानाकर्षण गराएको बताए ।

त्यस्तै महासंघ सुर्खेतका अध्यक्ष लोकेन्द्र गिरीले हामीले कर्णाली लाई डिजिटल बनाउने अभियानलाई अगाडी बनाउन मन्त्रालयमा ध्यानाकर्षण बुझाएका हौ । यातायात व्यवस्थाका कार्यालयका प्रमुख जिल्ला बाहिर रहुनभएकोले अर्को दिन ध्यानाकर्षण पत्र बुझाइने जानकारी दिए ।

क्यान महासंघद्वारा भौतिक मन्त्रालयका सचिवलाई ध्यानाकर्षण पत्र

कर्णालीका ३५ क्याम्पसको नतिजा सार्वजनिक (सूचिसहित)

क्यान महासंघद्वारा भौतिक मन्त्रालयका सचिवलाई ध्यानाकर्षण पत्र

खानेपानीमा लोडसेडिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *