कर्णालीका ३५ क्याम्पसको नतिजा सार्वजनिक (सूचिसहित)

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत कर्णाली प्रदेशका ३९ वटा क्याम्पसमध्ये ३५ वटाको नतिजा आएको छ। यही चैत ५ गते कर्णालीका १८ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । ती १८ वटै क्याम्पसको परिणाम मंगलबार बिहान २ बजेसम्म सार्वजनिक भएको हो। बाँकी १७ वटा क्याम्पसमा भने सर्वसम्मत नेतृत्व चयन भएको हो।

कर्णालीमा मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ३८ वटा क्याम्पस र १ विश्वविद्यालय छन् भने ३ वटा विश्वविद्यालयका आंगिक क्याम्पस प्रदेश बाहिर छन्। प्रदेशभित्रका ३९ वटामध्ये ३५ वटा क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ।

यस्तै त्रिभुवन विश्व विद्यालय अन्तरर्गतको आंगिक क्याम्पस कर्णाली प्रदेश र सूदुरपश्चिको सबैभन्दा ठूलो र धेरै विद्यार्थी भएको क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ। यस कयाम्पसमा ३ हजार ८ सय २३ विद्यार्थीमध्ये १ हजार ६ सय ८१ जनाले मतदानमा भाग लिएका थिए। यो क्याम्पसको सबैभन्दा ढिलो नतिजा आएको हो।

नतिजा आएका १६ वटा क्याम्पसमा नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जित हात पारेको छ। यस्तै नेपाली कांग्रेसनिकट नेविसंघले १२ र नेकपा एमालेनिकट अनेरास्ववियुले ६ वटा क्याम्पसमा विजय हासिल गरेको छ। एक क्याम्पसमा भने स्वतन्त्र उम्मेदवारले जितेका छन्।

४ क्याम्पसमा चुनाव स्थगन

यस्तै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित तीनवटामा विविध कारण चुनाव हुन सकेको छैन। मध्यपश्चिम विश्वविद्यालय र त्यसका आंगिक क्याम्पस नारायण बहुमुखी क्याम्पस दैलेख, मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिममा स्ववियु निर्वाचन हुन नसकेको हो।

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस र रुकुम पश्चिमको मुसिकोटमा उच्च अदालतमा रिट परेका कारण चुनाव हुन नसकेको हो। उच्च अदालतले दुवै पक्षलाई चैत ८ गते बुधबार अदालतमा उपस्थिति हुन भनेको छ।

यस्तै दैलेखमा रहेको मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस नारायण बहुमुखी क्याम्पसमा विद्यार्थी संगठन र निर्वाचन टोलीबीच मतभेदका कारण चुनाव हुन नसकेको हो। यस क्याम्पसमा चैत १२ गते निर्वाचन गराउन क्याम्पसले सूचना जारी गरेको छ।

यस्तै, त्रिभुवन विश्वविद्यालयअन्तर्गत दैलेखको कोटदेवल क्याम्पस अवलपराजुलमा निर्वाचन हुन सकेको छैन। क्याम्पस प्रशासनका अनुसार निर्वाचनका लागि कुनै पनि विद्यार्थी संगठनले दल दर्ता गराएका छैनन्।

कुन क्याम्पसमा कसको नेतृत्व?

अखिल क्रान्तिकारी

–सिंजा बहुमुखी क्याम्पस सिंजा जुम्ला : सन्तोष आचार्य (निर्विरोध)

–स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिम : किरण विश्वकर्मा (निर्विरोध)

–सानोभेरी शिक्षा क्याम्पस रुकुम पश्चिम : वीरभान भण्डारी (निर्विरोध)

–सितल क्याम्पस चौरजहारी रुकुम पश्चिम : निराजन केसी (निर्विरोध)

–सिम्रुतु क्यापस, त्रिवेणी रुकुम पश्चिम : निर्मला बुढाथोकी (निर्विरोध)

–चतुर्देव क्याम्पस रातापानी मुगु : मन्सुर कार्की (निर्विरोध)

–बनगाड क्याम्पस सल्यान : अजय विष्ट (निर्विरोध)

–थारल्ला बहुमुखी क्याम्पस दार्मा सल्यान : वरुण न्यौपाने (निर्विरोध)

–लिखु संयुक्त क्याम्पस डोल्पा : रनचन्द्र शाही (निर्विरोध)

–जनज्ञानकुञ्ज क्याम्पस जाजरकोट : जागेश्वर थापा (निर्विरोध)

–जनकल्याण क्याम्पस थारमारे सल्यान : एकराज ओली (निर्विरोध)

–जनचेतना बहुमुखी क्याम्पस कालिकोट : पार्वती सन्ज्याल

–तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट : हिक्मत सिंह

–जहारी क्याम्पस, खोलागाउँ रुकुम पश्चिम : भरत विक

–राडिज्यूला शिक्षा क्याम्पस, आठबिसकोट रुकुम पश्चिम : दीपक केसी

–नलगाड बहुमुखी क्याम्पस जाजरकोट : टेकबहादुर खत्री

नेविसंघ
–नन्दादेवी बहुमुखी क्याम्पस कालिकोट : जुनिता विष्ट (निर्विरोध)

–गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत : गोपाल खड्का (निर्विरोध)

–मानोसरोबर बहुमुखी हुम्ला : नरेन्द्र भण्डारी (निर्विरोध)

–चामुण्डा कलेज दैलेख : सुनिलकुमार शाही

–आठबिस शिक्षा क्याम्पस तिलेपाटा दैलेख : नगेन्द्रबहादुर शाही

–द्रोणाचल बहुमुखी क्याम्पस दुल्लु दैलेख : प्रकाश थापा

–रारा बहुमुखी क्याम्पस मुगु : राज तामाङ

–विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत : चेतन नेपाली

–जुम्ला बहुमुखी क्याम्पस जुम्ला : महेश हमाल

–डोल्पो क्याम्पस डोल्पा : खिमबहादुर रोकाय

–भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट : प्रकाशसिंह ठकुरी

–रुकुमेली क्याम्पस,खलङ्गा रुकुम पश्चिम : अनिशेष केसी

अनेरास्ववियु

–अमरदीप क्याम्पस सुर्खेत : अनुप ढकाल (निर्विरोध)

–हिम शिखर बहुमुखी क्याम्पस सुर्खेत : सिर्जना रसायली (निर्विरोध)

–सल्यान बहुमुखी क्याम्पस सल्यान : राजेश वली (निर्विरोध)

–भेरी क्याम्पस गुमी सुर्खेत : शक्ति पौडेल

–सिम्ता बहुमुखी क्याम्पस सुर्खेत : घनश्याम रेग्मी

–सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा : अक्कलबहादुर सिजापती

स्वतन्त्र
–कपुरकोट बहुमुखी क्याम्पस, सल्यान : रामप्रसाद आचार्य

कर्णालीका ३५ क्याम्पसको नतिजा सार्वजनिक (सूचिसहित)

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *