बजेट निर्माणमा अर्थमन्त्रीलाई दवाव दिने कर्मचारी निलम्बित

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको आगामि आर्थिक वर्षको बजेट निर्माणमा अर्थमन्त्रीको सचिवालयलाई अनावश्यक दवाव दिने एक जना कर्मचारी कारवाहीमा परेका छन् ।


आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले केही दिन अघि बजेट निर्माणमा कर्णाली प्रदेश योजना आयोगबाट हस्तक्षेप भएको बताएपछि आयोगले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी ति कर्मचारीलाई निलम्बन गरेको जनाएको छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष योगन्द्रबहादुर शाहीले आगामी बजेट निर्माणमा करार सेवामा कार्यरत आयोगका एक कर्मचारीले अर्थमन्त्री सिंहको सचिवालयमार्फत बार्गेनिङ गरेको खुलेपछि कारवाही गरिएको बताए । तर, ति कर्मचारीका बारेमा भने आयोगले कुनै विवरण सार्वजनिक भने गरेको छैन ।

‘आयोगमा हालसम्म प्राप्त सूचना तथा प्रमाण अनुसार मुख्य भूमिकामा नरहेका कुनै कर्मचारीले माननीय मन्त्रीज्यूको सचिवालयलाई दबाब र प्रभावमा पार्न खोजेको देखिएको छ ।’ योजना आयोगद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘निज कर्मचारीले दिएका अभिव्यक्ति र संवादहरु आयोगको आधिकारिक नभई निज कर्मचारीको नितान्त व्यक्तिगत सोच र धारणाको उपज भएको व्यहोरा जानकारी गराउन चाहन्छौं, माननीय अर्थमन्त्रीज्यूको अभिव्यक्तिका लागि जिम्मेवार रहेका कर्मचारीलाई कानून बमोजिम कारबाही गरि सकिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।’

विज्ञप्ती ।

बजेट निर्माणमा अर्थमन्त्रीलाई दवाव दिने कर्मचारी निलम्बित

YUGAAWHAN NATIONAL DAILY (2080-03-05)

बजेट निर्माणमा अर्थमन्त्रीलाई दवाव दिने कर्मचारी निलम्बित

बझाङ दुर्घटनाः मन्त्री सिंहकी श्रीमती र भाउजुको

Leave a comment

Your email address will not be published. Required fields are marked *