वीरेन्द्रनगरमा भोली ‘दलितका लागि दलित’ अभियान हुँदै

सुर्खेत । दलितका लागि दलित अभियान भोली मंगललबार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट सुरु हुने भएको छ । अभियान्ता खगेन्द्र सुनारका अनुसार भोली विहान दश बजे घण्टाघरमा उक्त कार्यक्रम सम्पन्न गरिने भएको हो ।

‘कर्णालीका दलित समुदाय विगत ४४ वर्ष देखि हेपिदै आएका छन् । राज्य पक्षले समानुपातिक प्रतिनिधित्व गराउन सकेको छैन । हामीले राज्यका हरेक निकायमा सामुहिक प्रतिनिधित्वको व्यवस्था गर्न विगत देखि नै माग गर्दै आइरहेका छौं ।’ उनले भने, ‘अब हामीले ८४ वर्ष पुराना ढड्डा खोल्छौं र राज्यसँग हिसाब माग्छौं ।’

उनले यो अभियान दलित समूदायको उत्थानका लागि कोसेढुंगा सावित हुने दाबी गर्दै कर्णालीमा दलित भएकै कारण ज्यानको आहुति दिने सबैलाई राज्यले शहिद घोषणा गर्नुपर्ने माग समेत गरे ।

‘हामीले दलितको एकता भन्नुको अर्थ गैरदलित समूदायसँग लडाई होइन । धार्मिक, सांस्कृतिक, आर्थिक लगायत सबैखाले राज्यको अपहरणबाट मुक्तिका लागि यो अभियान सुरु गर्ने भएका हौं ।’ उनले भने, ‘नेपालमा रहेका साठी लाख दलितको पक्षमा हामी आवाज उठाउँछौं । अब राज्यसँग हामी कटौरा थापेर अधिकार माग्ने पक्षमा छैनौं । राज्यसँग वार या पारको लडाई लडने तयारीमा छौं ।’

उनले आफूहरुको समूदायका हक अधिकार राज्यले फिर्ता दिनुपर्ने माग गर्दै आफूहरु व्यवस्था परिवर्तन गर्ने पक्षमा नभएको बताए ।

वीरेन्द्रनगरमा भोली ‘दलितका लागि दलित’ अभियान हुँदै

कृषि ज्ञान केन्द्र कालीकोटका तत्कालीन कार्यालय प्रमुख

वीरेन्द्रनगरमा भोली ‘दलितका लागि दलित’ अभियान हुँदै

YUGAAWHAN NATIONAL DAILY (2079-12-07)

Leave a comment

Your email address will not be published. Required fields are marked *