कृषि ज्ञान केन्द्र कालीकोटका तत्कालीन कार्यालय प्रमुख बस्नेतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

सुर्खेत । कृषि ज्ञान केन्द्रका कालीकोटका तत्कालीन निमित्ति प्रमुख भरतबहादुर बस्नेतलगायत १२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल कृषि विकास कार्यालय, कालीकोटमा कार्यररत बस्नेत, मूल्याङ्‍कन तथा छनोट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास सहकारी संस्था, कालीकोटका अध्यक्षसमेत १२ जना र सिमनाथ कृषि विकास सहकारी संस्थाउपर गैरकानुनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको दाबी गर्दै सोमबार मुद्दा दायर गरेको हो ।

सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेड, रास्कोट ३, कालिकोटले उच्च प्रविधियुक्त नर्सरी स्थापनाका लागि उपलब्ध गराएको सरकारी अनुदानको पेस्की रकम हिनामिना गरेको, कृषि ज्ञान केन्द्र, कालीकोटका तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेत, खाँडाचक्र नगरपालिका, कालिकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिंचाई तथा ऊर्जा विकास कार्यालय, कालिकोटका तत्कालीन सवइन्जिनियर गुरुराज संज्यालविरुद्ध मुद्दान दर्ता भएको छ ।

सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडबाट जडान भएका मालसामानहरुको अवलोकन तथा परीक्षण नै नगरी कार्य सम्पन्न प्रतिवेदन तयार गरी सोही प्रतिवेदनसमेतका आधारमा ६६ लाख ५० हजार रुपैयाँ भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै उनीहरूमाथि मुद्दा चलाइएको हो । मूल्याङ्‍कन तथा छनोट समितिका पदाधिकारीहरु हरिप्रसाद पण्डित, श्रीधर अधिकारी, दिपक कुमार भण्डारी, हिरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा र होमनाथ लम्सालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

 

कृषि ज्ञान केन्द्र कालीकोटका तत्कालीन कार्यालय प्रमुख बस्नेतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

सुध्रिएन सरकारको ‘असारे शैली’

कृषि ज्ञान केन्द्र कालीकोटका तत्कालीन कार्यालय प्रमुख बस्नेतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

वीरेन्द्रनगरमा भोली ‘दलितका लागि दलित’ अभियान हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *