अवैध रासायनिक मलसहित एक जना पक्राउ

सल्यान,६ माघ ।

 सल्यान प्रहरीले अवैधानिक रूपमा बिक्री गर्न लगेको एक ट्रक रासायनिक मलसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बाग्चौर नगरपालिका–११ पानीखोलाका रासायनिक मलसहित दिनेश ओलीलाई प्रहरीले बिहीबार बेलुकी पक्राउ गरेको हो ।

पानीखोलाका शेरबहादुर खडका र दिनेश ओलीले रा १ क १३६३ नम्बरको मिनी ट्रकमा कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरबाट ल्याई अवैध रुपमा बिक्री गर्न लगेको भन्ने गोप्य सूचनाका आधारमा खोजी गर्दै जाँदा शेरबहादुर खडकाको घरनजिकैबाट रासायनिक मलसहित ओलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दामोदर केसीका अनुसार प्रहरीले डीएपी ३०, युरिया ७९ र पोटास ५० बोरा रासायनिक मलसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

कान्तिपुर

अवैध रासायनिक मलसहित एक जना पक्राउ

हुम्लामा हिमपातले किसान हर्षित

अवैध रासायनिक मलसहित एक जना पक्राउ

पासोमा परेर मर्दैछन् वन्यजन्तु

Leave a comment

Your email address will not be published. Required fields are marked *