सभामुख देवराज घिमिरेको शपथग्रहण आज

काठमाडौं,६  माघ ।
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। संसद सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा सपथग्रहण कार्यक्रम रहेको छ।

सभामुखले राष्ट्रपतिसँग सपथ लिने संसदको नियमावलीमा व्यवस्था रहेको छ। सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका घिमिरे बहुमतका साथ बिहीबार निर्वाचित भएका हुन्। घिमिरेले १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन्। विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन्। प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो।

 

सभामुख देवराज घिमिरेको शपथग्रहण आज

YUGAAWHAN NATIONAL DAILY (2079-10-06)

सभामुख देवराज घिमिरेको शपथग्रहण आज

हुम्लामा यो वर्षकै पहिलो हिमपात

Leave a comment

Your email address will not be published. Required fields are marked *