कालिकोटमा विद्यार्थी र प्रहरी बिच झडप

सुर्खेत । कालीकोटमा प्रहरी र विद्यार्थी बिच झडप हुँदा दुई जना घाईते भएका छ । जिल्लाको शान्नित्रिवेणी गाउँपालिकास्थित जनचेता बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा फर्जि मत हालेको भन्दै विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार क्याम्पस प्रमुखले ५० जना फर्जी विद्यार्थी भर्ना गरेको भन्दै नेकपा एमालेनिकट अनेरास्ववियुले विरोध जनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक डिएसपी जयश्वर रिमालका अनुसार अनेरास्ववियुले निर्वाचनमा सहभागी नहुने भन्दै विरोध जनाएपछि उत्पन्न विवादमा विद्यार्थीहरुले मतदान सामग्री खोस्न खोजेपछि प्रहरीले अक्सुर ग्यास प्रहार गरेको हो ।
विवाद उत्पन्न भएपछि प्रहरीले सामान्य बल गरेको रिमालको भनाई छ । हाल मतदान अन्तिम चरणमा पुगेको डिएसपी रिमालले जानकारी दिए ।






