आन्तरिक स्रोतले तलव खुवाउन नसकिने भन्दै लेकबेशीले हटायो करारमा कार्यरत शिक्षक

दिलिप ढकाल
सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिकाले करारमा कार्यर शिक्षकलाई हटाउने निणर्य गरेको छ । शुक्रवार एक सुचना जारी गर्दै लेकवेशीले नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत स्वयम् सेवक तथा पिसिएफ करार शिक्षकलाई चैता १ गतेबाट कामकाज नगर्न नगराउन निर्देशन दिएको हो ।


‘नगरपालिका अन्तरगत सामुदायिक बिध्यालयहरुमा यस नगरपालिकाले शिक्षक विद्यार्थी अनुपातका आधारमा दरबन्दी संख्या कम भई स्वयं सेवक र पिसिएफ प्रावि, निमावि, मावि र उमाविहरुमा करार शिक्षक व्यवस्था गरी शिक्षण शिकाई क्रियाकलापलाई सहजीकरण गर्दै आईरहेकोमा हाल नगरपालिकाको आन्तरिक स्रोतबाट उठ्ने राजस्व रकम अत्यन्त न्युन भएको, संघिय वित्तीय समानीकरण अनुदानबाट तलब भत्तामा गरिएको खर्च लागति बेरुजु देखिन आएकाले त्यहा बिद्यालयमा नगरपालिकाको अनुदानमा रहेका स्वयम् सेवक र पिसिएफ करार शिक्षकलाई म्याद थप गरी कामकाजमा लगाउन नसकिने भएकाले मिति २०७९/१२/०१ देखि लागु हुने गरि त्यहा बिद्यालयमा कार्यरत स्वयम् सेवक र पिसिएफ करार शिक्षकलाई कामकाज नगर्न नगराउनु हुन यसै पत्रद्वारा जानकारी गराईन्छ ।’

नगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ । नगरपालिकाको निणर्यप्रति सामाजिक संजालमा बिरोध र समर्थन दुवै सुरु भएको छ ।

पालिकाद्वारा जारी सूचना 

आन्तरिक स्रोतले तलव खुवाउन नसकिने भन्दै लेकबेशीले हटायो करारमा कार्यरत शिक्षक

सुर्खेतका लागि उडेकाे बुद्ध एयरको जहाजमा समस्या

आन्तरिक स्रोतले तलव खुवाउन नसकिने भन्दै लेकबेशीले हटायो करारमा कार्यरत शिक्षक

खेमराज ओझाको पहिलो उपन्यास ‘अपराजित टोकियोमा’ बिमोचन

Leave a comment

Your email address will not be published. Required fields are marked *