कर्णाली सरकारकाे बजेट : ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख सात हजारको बजेट सार्वजनिक गरेको छ । जसमा चालूतर्फ नौ अर्व २० लाख २४ हजार र पूँजितर्फ १९ अर्व ५७ करोड ७२ लाख ४३ हजार रहेको छ । शुक्रवार कणर्ाली प्रदेश सभाको दोस्रो अधिवेशनको दशौं बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले कर्णालीको मुख्य समस्याका रुपमा रहेको गरिवी न्यूनिकरणका लागि कर्णाली समृद्धिको अभियानलाई परियोजनाको रुपमा अगाडि बढाइने बताए ।


कर्णाली प्रदेशको मुख्य समस्या गरिवी अन्त्यका लागि वार्षिक दश हजार रोजगारी सिर्जना गर्न ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार, त्यसका लागि सुशासन र पूर्वाधार’ अभियान मार्फत कर्णाली समृद्धि अभियानलाई परियोजनाको रुपमा अगाडि बढाइने मन्त्री सिंहले बताए । उक्त परियोजनाका लागि एक अर्ब ५० करोड बजेटको विनियोजन भएको छ ।

यस्तै कर्णालीमा भौतिक पूर्वाधार, यातायात र सहरी विकासका लागि १० अर्ब ११ करोड ४२ लाख बजेट विनियोजन भएको छ । यस्तै सांसद विकास कोषले निरन्तरता पाएको छ । उक्त कोषका लागि एक अर्व ३६ करोट बजेट विनियोजन भएको मन्त्री सिंहले बताए । यस्तै कर्णाली प्रदेश रंगशाला निर्माण सम्पन्न गर्न ८५ करोड, महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक १० हजार रकम प्रोत्साहन भत्ता, प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गनै र तला थपका लागि ५५ करोड ५६ लाख विनियोजन गरिएको छ । कर्णालीको प्रमुख पर्यटकिय क्षेत्र रारा र से-फोक्सुन्डो ताल जोड्ने सडक तथा कोरिडोर निर्माणको लागि १५ करोड बजेट विनियोजन भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *