सोलुखुम्बुमा गाई काट्दै गर्दा ४ जना पक्राउ

सोलुखुम्बु,४ फागुन ।

सोलुखुम्बु सदरमुकाम सल्लेरीमा गाई काट्दै गर्दा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको महाकुलुङ गाउँपालिका–५ का वर्ष ३७ का राजकुमार राई, निजका श्रीमती ३९ वर्षीय अस्ती कुमारी राई, वर्ष ४० की फूलमाया रसाइली र निजका छोरा वर्ष २१ का प्रेम रसाइली रहेका छन्।

उनीहरूले सोलुदुधकुण्ड नगरपालिका–५ क्याम्पस टोलमा गाई काट्दै गरेको भन्ने स्थानीयले दिएको सूचनाको आधारमा बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका चारै जना सदरमुकाम सल्लेरीमै कोठा भाडामा लिएर बस्दै आएका थिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

सोलुखुम्बुमा गाई काट्दै गर्दा ४ जना पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2079-11-04)

सोलुखुम्बुमा गाई काट्दै गर्दा ४ जना पक्राउ

मौरी र महले लगाएको मोहनी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!