मुगुका कैदी÷बन्दी अन्य जिल्लामा

सुर्खेत,४ फागुन ।

मुगुमा समयमा कारागार निर्माण नहदा कैदीबन्दी अन्य जिल्लामा पठाउनुपर्ने बाध्यता छ। गमगढीस्थित थापालचौरमा कारागार भवन ९ वर्षअघि निर्माण सुरु गरिए पनि अझै पूरा हुन सकेको छैन। २०७१ मा तीन करोड ५० लाख रुपैयाँमा भवन निर्माण सुरु गरिएको थियो। भवन निर्माणको जिम्मा आरसी कन्स्ट्रक्सन धनगढीले लिएको छ।

करिब ९० प्रतिशत काम पूरा भए पनि घेरबार, सुरक्षा पोस्टलगायतको काम नहुँदा अझैसम्म पनि ठेकेदार कम्पनीले हस्तान्तरण गरेको छैन । ८० पुरुष र २० महिला गरी १०० कैदीबन्दी अट्ने क्षमताको कारागार भवन बन्न लागेको हो। कारागार नै नभएपछि कैदीबन्दीलाई मुगुबाट जुम्ला, बर्दिया, सुर्खेत, कालिकोट, बाँके, दाङमा लैजानुपर्ने बाध्यता छ।

कैदीहरूलाई जिल्ला बाहिर चलानी गर्नुपर्दा सुरक्षाकर्मीलाई सास्ती हुने गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। मुगुबाट नजिक रहेको जुम्लामा ल्याउन समेत दुई दिन लाग्ने प्रहरी बताउँछन्। जिल्ला प्रहरी कार्यालयका अनुसार एक जना कैदीबन्दीलाई जुम्ला लैजान ८÷९ जना सुरक्षाकर्मी खटाउनुपर्ने बाध्यता छ । बाहिर जिल्ला कैदीबन्दी पुर् याउँदा कम्तीमा ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ ।

थुनुवाहरू जिल्ला बाहिर भए पनि उनीहरूको बहस मुगु अदालतमा हुने गरेको छ। यसका कारण उनीहरू आफ्नै बहस सुन्नबाट पनि वञ्चित हुने गरेका छन्। मुगुबाट बर्सेनी २०कैदीबन्दीलाई बाहिर पठाउनु पर्छ। कैदीबन्दी बाहिर जिल्लामा हुँदा परिवारका सदस्य तथा आफन्तले भेट्न पनि समस्या हुने गरेको छ। छायानाथ रारा नगरपालिकाका ७१ वर्षीय सिंहबहादुर मल्लले छोरा जुम्ला कारागारमा थुनिएको ९ वर्ष भए पनि अहिलेसम्म भेट्न नपाएको बताए।

२०७६÷०७७ मा २१, २०७७÷०७८ मा १२ र २०७८÷०७९ मा १९ कैदीबन्दीलाई जिल्ला बाहिर पठाइएको छ। जुम्ला कारागारमा पनि क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ। अहिले जुम्ला कारागार १२० जनाको क्षमता भए पनि अहिले १२६ जना रहेका बताइन्छ ।

मुगुका कैदी÷बन्दी अन्य जिल्लामा

 विवाह गर्नुअघि वडाको सिफारिस लिनुपर्ने

संघको माग

Leave a comment

Your email address will not be published. Required fields are marked *