उत्कृष्ट कमब्याक गर्दै भारतसँग नेपालको रोमाञ्चक बराबरी

काठमाडौँ,४ फाल्गुन ।

घरेलु टोली भारतसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले उत्कृष्ट कमब्याक गर्दै बराबरी खेलेको छ। चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा बुधबार राति भएको खेलमा सावित्रा भण्डारीले खेलको अन्तिमतिर दुई गोल गरेपछि नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको हो।

पहिलो हाफमा बराबरी खेलेको दुवै टोलीले सबै गोल दोस्रो हाफमा भएको हो। खेलको ५६ औं मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। खेलको ६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गर्दै भारतको अग्रता दोब्बर बनाइन्।

तर, ९० औं मिनेटमा भारतकी स्विटी देवीले पेनाल्टी बक्समा ह्यान्डबल गरेपछि सावित्रा भण्डारीले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ को स्थितिमा ल्याइन् । त्यसपछि खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै २–२ गोलको बराबरीमा ल्याउँदै नेपाललाई हारबाट जोगाइन् । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ।

उत्कृष्ट कमब्याक गर्दै भारतसँग नेपालको रोमाञ्चक बराबरी

हिल्सा नाका सञ्चालनमा ल्याउन माग

उत्कृष्ट कमब्याक गर्दै भारतसँग नेपालको रोमाञ्चक बराबरी

 विवाह गर्नुअघि वडाको सिफारिस लिनुपर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *