छत्रेश्वरी गाउँपालिकाले प्रगति समिक्षा सम्पन्न, जनप्रतिनिधी र कर्मचारीको समन्वयमा जोड

सल्यान, ३० साउन ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले प्रगति समिक्षा सम्पन्न गरेको छ । गाउँपालिकाले मंगलबार आर्थिक वर्ष २०७९।०८० मा भएगरेका कामको समिक्षा गरेको हो । जनप्रतिनिधी, कर्मचारी सहित भएको कार्यक्रममा गाउँपालिका अन्तर्गतका १६ वटा शाखाले गत वर्षको प्रगति सहितको प्रस्तुती राखेका थिए ।

गत आर्थिक वर्षको गाउँपालिकाको निति कार्यक्रम, बजेट विवरण, कार्यक्रम तथा योजनाको प्रगती, उपलब्धी, सिकाई लगाएतका विषयमा मसिनो ढंगले छलफल गरिएको गाउँपालिकाका प्रवक्ता फौद बहादुर वस्नेतले जानकारी दिए ।

समिक्षा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले गाउँपालिकाको विकासका लागि महत्वपूर्ण उपलब्धी हाँसिल भएको बताउँदै जनप्रतिनिधी तथा कर्मचारीको इमान्दार प्रयासबाट समृद्धि प्राप्त गर्न सकिने धारणा व्यक्त गरे । उनले विगतको कमजोरीलाई सच्याउदै सबै पक्ष र सरोकारवालाहरुसंग समन्वय गर्दै अघि बढ्नुपर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले विकास बजेटलाई शतप्रतिशत खर्च हुनेगरी नागरिकलाई स्थानीय सरकारको अनुभुति हुनेगरी काम गर्न सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले चालु आर्थिक वर्षमा बढी भन्दा बढी उपलब्धी हाँसिल गर्न र विगतको त्रुटीलाई सच्याउदै अघि बढ्न समिक्षा कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

समिक्षामा वडा नम्बर १ का वडा अध्यक्ष प्रकाश हमाल, २ का वडा अध्यक्ष प्रेम नेपाली, ३ का वडा अध्यक्ष तिर्थराज दाहाल, ४ का वडा अध्यक्ष छविलाल खत्री, ५ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता फौद बहादुर बस्नेत, ६ का वडा अध्यक्ष टिकाराम वुढा, ७ का वडा अध्यक्ष टेक बहादुर विष्टले बोल्दै गाउँपालिकाका हरेक काममा समन्वय हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्यहरु बसन्ता जिसी, पवित्रा डाँगी, तुलसा विक, तिला घर्ती, रेणु विक र वीर बहादुर विक सहित विषयगत शाखाका प्रमुख, वडा सचिवहरु र अन्य कर्मचारीहरुको सहभागिता थियो ।

गाउँपालिकाको स्वास्थ्य शाखा, आर्थिक प्रशासन शाखा, पूर्वाधार विकास शाखा, शिक्षा शाखा, जिन्सी शाखा, आयुर्वेद शाखा, योजना शाखा, रोजगार सेवा केन्द्र, न्यायीक शाखा, कृषि तथा पशुपन्छी विकास शाखा, महिला बालवालीका तथा जेष्ठ नागरिक शाखा, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा, लघु उद्यम विकास शाखा, सिएमसी परियोजना, सुरक्षित आप्रवासन सामी, नेपाल जललवायु परिवर्तन सहयोग कार्यक्रम लगाएतका शाखा तथा इकाईले प्रस्तुतीकरण गरेका थिए ।

छत्रेश्वरी गाउँपालिकाले प्रगति समिक्षा सम्पन्न, जनप्रतिनिधी र कर्मचारीको समन्वयमा जोड

कर्णाली प्रदेशमा वन रक्षक पदको जागिर खुल्यो

छत्रेश्वरी गाउँपालिकाले प्रगति समिक्षा सम्पन्न, जनप्रतिनिधी र कर्मचारीको समन्वयमा जोड

YUGAAWHAN NATIONAL DAILY (2080-04-31)

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds