बुर्काबाहिरको संसार बुझाउँदै खतिजा

सिर्जना बुढाथोकी ।

सुर्खेत ।
खतिजा बिबि मुस्लिम समुदायकी चेली हुन उनी अहिले शिक्षण पेशामा छिन् । एस.एल.सी पछि पढ्दै पढाउदै गरेकी खतिजाले आफुलाई भाग्यमानी चेलीको रुपमा पाएको बताउछिन् । कुनै समय थियो जुनबेला मुस्लिम समुदायका छोरी, बुहारी घरबाट बाहिर निष्किन नपाउने, निष्किएपनि बुर्खाले नचिनिने गरी बेरीएर जानुपर्ने र पढ्ने कुरा त सोच्न सम्म नसक्ने अवस्थालाई पार गर्दै आफ्नो समुदायका अहिले हरेक बालबालिका विद्यालय गएको देख्दा उनी खुशीले मख्ख हुन्छिन् । उनले आफ्नो बुवा प्रति सम्मान व्यक्त गर्छिन् किनकी आज आफु पढेर शिक्षक भइन् र सहज रुपमा हिडडुल गर्न पाउने अवस्थामा ल्याउन बुवाको देन रहेको उनी बताउछिन् ।

 

उनको जीवनको ३१ औं वसन्त पार गर्दासम्म परेका दुःख, समस्या, समाधान र भविष्यका बारेमा उनीसँग हामीले कुराकानी गरेका छौं ।

संघर्षरत बाल्यकालः मेरो नाम खतिजा बिबि हो, म अहिले ३२ वर्षकी भए । मेरो जन्म वीरेन्द्रनगर-१०को बेलघारीमा भएको हो । मेरो परिवारमा बुवा, आमा, दाजु, म अनि मेरो एक भाई र एउटा बहिनी पनि छ । मेरो परिवार त्यस्तो सम्पन्न साली होइन एकदमै सामान्य परिवारमा दुःख गर्दै हुर्किएकी हु म । मुस्लिम जातीको पनि एकदमै विपन्न परिवारमा मेरो जन्म भएको हो ।

मलाई पढ्नका लागी चाहिने कापी किताब, लगाउनका लागी लत्ताकपडा जोह गर्नका लागी बुवाले निकै दुःख गरेको मैले अनुभुती गरेर यहाँसम्म आइपुगेकी छु । अनेकौ समस्याका बाबजुत यहाँसम्म पुग्ने सौभाग्य पाए म आफुलाई भाग्यमानी छोरी भन्छु । म अहिले यस मदरसा मदिना विद्यालयमा मातृभाषाको शिक्षकका रुपमा अध्यापन गराउदै आइरहेकी छु । ०६६ साल देखी मैले यस विद्यालयमा पढाउदै आइरहेकी छु, यसअर्थ मैले पढाउन थालेको १३ वर्ष भएको छ ।

मेरो बुवाले दुःख गरेर राम्रो र मिठो दिन सक्नुभएन होला तर हामी छोराछोरीलाई पेट खाली राख्नुभएन, जिउ नागों राख्नुभएन । आर्थिक अवस्था कमजोर भएकै कारण मेरो दाजुले पढाई छोडेर पनि म छोरीलाई पढाउनुभएको हो मेरो बुवाले । मेरो बुवाले रागां, भैसी खरिद विक्रिको काम गर्नुहुन्थ्यो, व्यापार हो सधै फाइदा कहाँ हुन्छ र कहिले घाटा पनि बेहोर्नु भयो ।

छोरीको आखाले देखेको मुस्लिम समुदायः मैले मेरो बुवा र आमाको मुखबाट सुनेको कुरा गर्दा, उहाँहरु सानो हुदा छोरीलाई त पढाउने कुरै हुदैन थियो रे । सकेसम्म घरबाट पनि निष्किन नमिल्ने । समयअनुसार सबै परिवर्तन हुदो रहेछ जसको उदाहरण म स्वयम् छु । हाम्रो समुदायले अब यति बुझेको छ कि छोरीले पनि समाजका लागी केहि गर्न सक्दो रहेछ र यसका लागी हामीले छोरीलाई पढाउनै पर्छ भनेर । जुन चेतना केहि वर्ष पहिलेसम्म थिएन त्यो अहिले सबै अभिभावकको मनमा आइसकेको छ ।

मैले श्री नेरा मावी गाग्रेतालमा कक्षा १ देखी एस.एल.सी सम्म पढेकी हु । मैले आफुले पढ्ने बेला विद्यालयमा बुझाउने मासिक शुल्क नहुदाँ कति चिन्तामा हुन्थे । बुवालाई पनि समस्या हुन्थ्यो, सधै कहाँ हुन्छ र पैसा चाहिएको समयमा तर छुट्एिर बसेका दाजु भाउजु संग मागेर पनि मैले पढाई छोडिन् । कापि त कति पटक म संग हुदैन थियो । साथी सँग पेन्सिल गुडाई खेल्ने जितेपछि एउटा कापीको पान्ना पाइन्थ्यो त्यहि खेल खेलेर जम्मा गरेको कापीको पान्नालाई सिलाउन पठाएर कापी बनाएर पनि पढे ।

यस्तै यस्तै दुःख गरेर म एस.एल.सी सके त्यसपछि प्लस टु पढ्नका लागी जन नमुनामा भर्ना भए । त्यहाँ पनि मेहेनत गरेर पढे र पास भए । वि एड मैले शिक्षा क्याम्पसमा भर्ना भए अझै सकिएको छैन, म अहिले पनि पढ्दै छु । मेरो आमाले त धन्न पढ् भनेर घरको काम आफै गरेर सहयोग गर्नुभयो मलाई पढाउनका लागी ।

हाम्रो परिवारमा सबै बुझ्ने थिए तर मात्रै समस्या आर्थिक अवस्थाको थियो । हामीले आफ्नो धर्मलाई पनि नछोडेर राम्रो कामका लागी जे गर्न पनि पछि पर्नु हुदैन भन्ने लाग्छ । किनकी दिन पनि चाहिन्छ दुनिया पनि चाहिन्छ । आफ्नो इमान र धर्मलाई साथमा लिएर अहिलेको समयानुसार शिक्षालाई पनि अगाडी लिएर जानुपर्छ ।

एस.एल.सी सक्नासाथ शिक्षक भएः एस.एल.सी पास भएपछि ०६६ साल देखी मैले यस विद्यालयमा मातृभाषा पढाउदै आइरहेकी छु । पढ्दै गर्दा चारै तिर अल्झीने मन मेरो पक्कै होइन तर मेरो यो बाध्यता थियो । जति दुःख मेरो बुवाले मलाई कक्षा १० पढाउन सम्म गर्नुभयो त्यसपछि अझै थप्न सकिन मैले । मेरो परिवारको पनि अवस्थालाई मध्यनजर गर्दै यस विद्यालयको विद्यालय व्यवस्थापन समितीले मेरो विश्वास गरे मलाई जागिर दिनुभयो ।

विद्यालयले अन्य भाषा संगै आफ्नो मातृभाषा पनि पढाउने हुदाँ मलाई यस समुदायकै भएको नाताले राख्नुभयो । शुरुमा मैले काम गर्दा करिब १३ वर्ष अघि पन्ध्र सय रुपैया थियो तलब । मलाई अझै याद छ मेरो पहिलो तलब मैले बुवाको हातमा पार्दा बुवा निकै खुशी हुनुभएको थियो । वीरेन्द्रनगरको मुख्य ठाउँमै रहेको हाम्रो बस्ति तर हरेक हिसाबले पछाडी छ ।

अरु समुदायको तुलनामा शिक्षामा पनि पछाडि परेका कारण हरेक कुरामा पछाडी परेको भान हुन्छ मलाई किनभने शिक्षा विना कुनै कुरामा सफलता प्राप्त गर्न सकिदैन । हाम्रो समुदायमा मुख्य भनेको आर्थिक जिवन स्तरले नै समस्या पारेको छ र यो जोडिन्छ अन्त्यमा शिक्षा संगै भन्ने मलाई लाग्छ । अहिले पनि हाम्रो समुदायका पढ्ने भनेको एस.एल.सी सम्म मात्रै पढ्ने अनि घर चलाउनका लागी कामको खोजीमा हिड्ने नै चलिरहेको छ ।

युवाहरु अटो चलाउने, पैसा कसरी जोह हुन्छ भन्ने काममै हिड्छन् युवाहरु । महिलालाई त निकै समस्या छ, घर व्यवहार, परिवार, बालबच्चा र जागिर सगै समस्या त छ तर सबैले यो मौका पनि पाउदैनन् पनि । यसै संघर्षको यात्रामा हिड्दै गर्दा ०६३ सालमा विवाह गरे । अहिले मेरो एक छोरी एक छोरा छन् । मैले यो बुझिसके की शिक्षा भन्दा माथी केहि छैन त्यसैले म जस्तो सुकै संघर्ष गरेर पनि मेरो छोराछोरीले पढ्न खोजेको शिक्षा दिनेछु । मेरो स्थितीले भ्याएसम्म मैले उनीहरुको भविष्यका लागी दुःख गर्ने छु ।

अर्को कुरा बालबालिकाको भविष्यका लागी अभिभावकले विशेष ध्यान दिन जरुरी हुन्छ । अलिकति समस्या भनेको हामीले जुन गृहकार्य दिएर पठाएका हुन्छौ त्यो गरेको छ कि छैनन् हेर्ने , विद्यालयमा के सिके ? यो सबै जान्न जरुरी छ ।

बुर्काबाहिरको संसार बुझाउँदै खतिजा

बागीना समूहद्वारा १६ विद्यालयमा नृत्य, गीत र

Leave a comment

Your email address will not be published. Required fields are marked *