फरार प्रतिवादी पक्राउ

सुर्खेत ।
सल्यान प्रहरीले कुटपिट मुद्दामा फरार दम्पतिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सल्यान शारदा नगरपालिका–१२ बस्ने ५६ बर्षको भोला प्रसाद डाँगी र निजकै श्रीमती शारदा नगरपालिका–१२ बस्ने ५२ वर्षकी लक्ष्मी डाँगी रहेका छन् ।

जिल्ला अदालत सल्यानले कुटपिट सम्बन्धी मुद्धामा जनही ५ हजार जरिवाना र १० दिन कैद सजाय तोकिएको उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको ६ जनाको प्रहरी टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई राखिएको जनाएको छ ।

यस्तै सुर्खेत प्रहरीले एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ बस्ने ४२ बर्षकी बसन्ती ढकाल रहेकी छन् ।

जिल्ला अदालत सुर्खेतको लगत नम्बर ३५९२ घरेलु हिंसा मुद्धाको रु १० हजार जरिवाना र क्षतिपुर्ति तोकीएको थियोे ।
ढकाललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2080-05-28)

फरार प्रतिवादी पक्राउ

एमालकोे प्रथम प्रदेश अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि