सरसफाई बारेमा जनचेतनामूलक कार्यक्रम

सुर्खेत ।
हरियो भेरीगंगा, सफा भेरीगंगा भन्ने मुल नारासहित सरसफाई अभियान बर्ष २०८० लाइ सफल बनाउन सचेना कार्यक्रम गरिएको छ ।
भेरीगंगा नगरपालिकाको आयोजना र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) संस्थाको आयोजनामा फोहोर व्यवस्थापन र सुरक्षित खानेपानी तथा सरसफाईको बारेमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो ।

साँस्कृतिक कार्यक्रममार्फत कलाकारहरूले आकर्षक गीत र नृत्यका फोहोर व्यवस्थापन र सरसफाई सम्बन्धी सबैलाई सचेत बनाइएको थियो । सार्वजनिक क्षेत्रमा सबै सर्वसाधारणको ध्यानाकर्षित गरिएको थियो ।

भेरीगंगा नगरपालिकाका नेपाल राष्ट्रिय आधारभुत बिद्यालय, टल्लो ठानिचौर, देउती बिद्या मन्दिर मा.बि. छिन्चु र छिन्चु ईंग्लिश बोर्डइङ स्कुलमा गरी ३ ठाउँमा साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो । अन्य ठाउँहरु मुख्य बजार क्षेत्रहरु, समुदाय तथा टोलहरु र बिद्यालयहरुमा पनि गरिने भएको छ ।

कार्यक्रमको उद्देश्य फोहोर व्यवस्थापन अभ्यासहरूको महत्व र स्वच्छ र स्वस्थ वातावरण सिर्जना गर्न आम नागरिकहरुले खेल्ने भूमिकालाई उजागर गर्ने रहेको छ । साथै यस्ले सुरक्षित सरसफाइ अभ्यासहरूको महत्त्वलाई पनि जोड दिएकोछ ।

जीवन्त र दृश्यात्मक रूपमा आकर्षक प्रदर्शनले धेरैको ध्यान खिचेको, प्रभावकारी रूपमा फोहोर व्यवस्थापन र सुरक्षित सरसफाइ अभ्यासहरूको सन्देश फैलाउनुका साथै यो कार्यक्रम छिन्चु बजार र केही समुदायमा गरिने एन्फो सस्थाका परियोजना सम्योजक अनिल महर्जनले जानकारी दिए ।

सरसफाई बारेमा जनचेतनामूलक कार्यक्रम

२१ हजार मेट्रिक टन स्याउ निर्यात

सरसफाई बारेमा जनचेतनामूलक कार्यक्रम

बिहीबार सार्वजनिक बिदा