समाजवादीका पदाधिकारीको शपथ ग्रहण

सुर्खेत ।
नेकपा एकिकृत समाजवादी, सुर्खेतका पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । नेकपा एकिकृत समाजवादी, सुर्खेतका अध्यक्ष टोपबहादुर रास्कोटी, उपाध्यक्ष खड्ग केसी, शिवप्रसाद उपाध्याय, सचिव वीरबहादुर रावत, उपसचिव गोविन्द शाही, छविलाल सापकोटाले शपथ ग्रहण गरेका हुन् ।
समाजवादीका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला इन्चार्ज शिवप्रसाद उपाध्यायले सुर्खेत जिल्ला कमिटीका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण पश्चात् जिल्ला कमिटिको वैठक वसी पदाधिकारीको कार्ययोजना, पालिका स्तरीय वैठक, पालिका कमिटी गठन÷पुनर्गठन, आर्थिक-कार्यालय व्यवस्थापन, संगठित सदस्यता नविकरण र विस्तार, विभाग गठन लगायतका निर्णयहरू गरिएको थियो ।
शपथ ग्रहण पश्चात् जिल्ला कमिटिको वैठक वसी पदाधिकारीको कार्ययोजना, पालिका स्तरीय वैठक, पालिका कमिटी गठन-पुनर्गठन, आर्थिक-कार्यालय व्यवस्थापन, संगठित सदस्यता नविकरण र विस्तार, विभाग गठन लगायतका निर्णयहरू गरिएको थियो ।
तस्विर







