अध्यक्ष कँडेल ‘राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान’ बाट सम्मानित

सुर्खेत  ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल ‘राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान’ बाट सम्मानित भएका छन् ।
फोकस नेपाल संस्थाको ११ औं वार्षिक उत्सवको अवसरमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले संयुक्तरुपमा अध्यक्ष कँडेललाई ‘राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान– २०८०’ बाट सम्मानित गरेका हुन् ।

लामो समयदेखि उद्योगी, व्यवसायी तथा समाज सेवामा निरन्तर सेवा पु¥याउँदै आएका अध्यक्ष कँडेलले उद्योगी, व्यवसायीहरुको हक हित र कर्णाली प्रदेशको विकास एवं विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रि विभिन्न अटोमोवाइल्स, सेवामुलक तथा सामाजिक संघसंस्था मार्फत पु¥याएको योगदान वापत राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान– २०८० बाट सम्मानित गरिएको फोकस नेपालले जनाएको छ ।

कार्यक्रममा फोकस नेपालले अध्यक्ष कँडेलसहित अन्य विभिन्न क्षेत्रको उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरेको हो ।
यस्ता सम्मान तथा प्रोत्साहनले उद्योगी, व्यवसायीहरुको हक हित र कर्णाली प्रदेशको विकास एवं समृद्धिका अगाडि बढ्न थप हौसला मिलेको अध्यक्ष कँडेलले जनाए ।

अध्यक्ष कँडेल ‘राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान’ बाट सम्मानित

अवसर पाए कर्णालीका अनेकौं सम्भावनाको ढोका खोल्ने

अध्यक्ष कँडेल ‘राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान’ बाट सम्मानित

यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १०