आगोले जलेका बालकको उपचारमा सहयोग गर्न अपिल

सुर्खेत। आगोले जलेर घाइते बालकको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् । दैलेखको नौमुले गाउँपालिका २ का ५ बर्षका सुजल दर्लामि गएको चैत्र ६ गते जलेर घाइते भएका थिए । उनको काठमाडौ लगेर उपचार गर्दा आर्थिक अभाबका कारण घरमा फिर्ता ल्याएर अहिले घरेलु उपचार भैरहेको छ ।


उनका बुबा तिल बहादुर दर्लामी पनि शारिरिक रुपमा अपांग छन् । तिलकबहादुरको एक आँखा नभयको तथा आन्द्रामा पनि घाउ भै उपचारको लागि आर्थिक अभाब भएको जनाइएको छ ।

आमा पबित्रा दर्लामी शारिरिक रुपमा अशक्त दुबै हात भाचिएर निको भै अहिले काम गर्न नसक्ने अबस्थामा रहेकाले उनीहरुको उपचारका लागि आर्थिक सहयोग गर्न चाहाने सहयोगी मनहरुले सहयोग गर्न परिवारले आग्रह गरेको छ । सहयोग गर्न चाहाने सहयोगी मनहरुले एनएमबी बैंक नौमुले शाखामा कमल प्रसाद जैसीको नाममा रहेको खाता नम्बर १०४०१५९१९२०००१७ मा सहयोग गर्न सकिने छ ।

उनलाई नौमुले गाउँपालिकाले काठमाडौंमा लगेर उपचार गराई घर ल्याएको थियो । हाल उनको घरेलु उपचार विधीबाट उपचार भइरहेको नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले जानकारी दिए ।

आगोले जलेका बालकको उपचारमा सहयोग गर्न अपिल

YUGAAWHAN NATIONAL DAILY (2080-03-23)

आगोले जलेका बालकको उपचारमा सहयोग गर्न अपिल

पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्ने तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *