हिउँपहिरोमा परेको ३२ दिनपछि शव फेला

मुगु । हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् । मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका-२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षिय तारासिंह सार्की, ३५ वर्षिय पुन्न सार्की र ३५ वर्षिय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका-२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा सङ्कल गर्न गएका उनीहरु हिउँपहिरोमा परी बेपत्ता भएका थिए । बेपत्तामा परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कणाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

लगातारको हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भएको उनले बताए। ॅबेपत्ता भएकाको तीनै जनाको शव घटनास्थल भन्दा दुई किलोमिटर तल ल्याएका थियौँ’, उनले भने ।
शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाइ दाहसंस्कार गरिएको प्रनाउ बस्नेतले बताए ।

यसबीच उक्त परेका जुम्लाको पातारासी गाउँपालिका- २ तल्फी गाउँका मृतक र घाइते परिवारलाई गाउँपालिकाका जनप्रतिनिधिको रोवहरमा टेवा नेपालको आार्थिक सहयोग र महिला अधिकार केन्द्र मुगको समन्वयमा राहत सहयोग उपलब्ध गराइएको हो । हिउँ पहिरोमा परि मृत्यु भएका घरपरिवारलाई खाद्यान्न तथा लत्ताकपडा र नगद वितरण गरिएको महिला अधिकार केन्द्र मुगुकी अध्यक्ष सुकमाया शाहीले बताइन् ।

उनका अनुसार करिब ५ लाख बराबरको राहत सहयोग गरिएको छ । उनिहरुलाई तल्फी गाउँमै पुगेर खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको उनले सुनाइन् ।

हिउँपहिरोमा परेको  ३२ दिनपछि शव फेला

कर्णालीमा सरकारी लद्युवित्त फलदायी हुन्छ !

हिउँपहिरोमा परेको  ३२ दिनपछि शव फेला

YUGAAWHAN NATIONAL DAILY (2080-02-25)

Leave a comment

Your email address will not be published. Required fields are marked *