यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले प्रदर्शन गर्ने

काठमाडौं ।
नेपाल तरुण दलले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गर्दै देशभर प्रदर्शन गर्ने भएको छ ।
बिहिबार बसेको तरुण दलको अनौपचारिक बैठकले यादवमाथिको आक्रमण गणतन्त्र र राजनीतिक व्यवस्थामाथिकै हमला भएको ठहर गर्दै देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाको हकमा दिउँसो १ बजे शान्ति बाटीकामा प्रदर्शन र विरोध सभा गरिने तरुण दलका केन्द्रीय सदस्य सागर परियारले जानकारी दिए ।

बैठकले शान्ति सुरक्षा मिलाउन नसकेको भन्दै गृहमन्त्रीको राजीनामासमेत मागेको परियारले बताए । बुधबार भृकुटीमण्डपमा कांग्रेस सहमहामन्त्री यादवमाथि धारिलो हतियार प्रहार भएको थियो ।

टाउको र गर्धनमा चोट लागेका यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आक्रमणमा संलग्न नुवाकोटका शिवप्रसाद सापकोटा प्रहरी नियन्त्रणमा छन् ।

यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले प्रदर्शन गर्ने

मुसीकोटमा सडक क्षेत्र मिचेर बनाइएका अवैध संरचना

यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले प्रदर्शन गर्ने

हुम्लामा बन्यो अक्सिजन प्लान्ट