वीरेन्द्रनगरमा इसेवाबाटै घरको बीमा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा डिजिटल वालेट (इसेवा) बाट घरको बीमा गर्न सकिने भएको छ । मंगलबार वीरेन्द्रनगर नगरपालिका र तयार नेपालको सहकार्यमा विपद् जोखिम न्यूनिकरणका लागि घर बीमा ‘प्रोडक्ट लन्च होम इन्योरेन्स’ कार्यक्रमको उद्घाटन गरिएको हो ।

निर्जिवन बीमा कम्पनीका रुपमा रहेको सिखर इन्स्योरेन्समा गरिने घर बीमाको प्रिमियम इसेवाबाट सजिलै तिर्न सकिने व्यवस्था गरिएको छ । प्राकृतिक प्रकोपहरु भुकम्प, आगलागी, बाढीपहिरो, हावाहुरी, चोरी/डकैती जस्ता जोखिमबाट हुने क्षतिको व्ययभार धान्न बीमा योजनाले सहयोग पुग्ने बताउँदै बीमा किन्न र क्षतिपूर्ति दावीका लागि सहयोग हुने हेतुले डिजिटल प्रविधि अपनाइएको इसेवाका प्रतिनिधि कमल सापकोटाले जानकारी दिए । उनका अनुसार बिमाङ्क रकम एक करोडसम्म हुनेछ ।

घर बीमा प्रोडक्टको उद्दघाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले प्राकृतिक विपद्हरु अकास्मात आउने हुँदा समयमै घर बीमा कार्यक्रममा सहभागी हुन नगरवासीलाई अनुरोध गरिन् ।

वीरेन्द्रनगरमा इसेवाबाटै घरको बीमा

YUGAAWHAN NATIONAL DAILY (2080-02-23)

वीरेन्द्रनगरमा इसेवाबाटै घरको बीमा

न्यायीक समिति पुग्ने अधिकांश विवाद टुंगोमा पुग्दैनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *