वीरेन्द्रनगरबाट फरार प्रतिवादी पक्राउ

सुर्खेत ।
एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
सुर्खेत प्रहरीले बैंकिङ कसुर मुद्धा (चालु मुद्धा) की फरार प्रतिवादी पुनम कोहरीलाई मंगलबार पक्राउ गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका–६ बस्ने ३५ वर्षिय पुनम कोहरीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरी कार्यालय सुर्खेतमा राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।






