मुसिकोटको ३३ जना किसानलाई सुत्केरी भैँसी स्याहार खर्च

रुकुम पश्चिम ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ ले ३३ जना किसानलाई सुत्केरी भैँसी स्याहार खर्च प्रदान गर्दै आएको छ ।

भैँसी स्याहार कार्यक्रम अन्तर्गत वडामा सूचीकृत ३३ जना भैँसी पालक किसानलाई ३ हजारका दरले रकम वितरण गरिएको वडाध्यक्ष समिरजङ मल्लले जानकारी दिए ।

गत आर्थिक वर्षको सुत्केरी भैँसी स्याहार कार्यक्रम अन्तर्गतको १ लाख बजेटबाट किसानलाई रकम वितरण गरिएको वडाध्यक्ष मल्लको भनाई छ ।

वडाका भैँसी पालक किसानहरूलाई थप व्यावसायिक बनाउने र आर्थिक उपार्जनमा वृद्धि गर्ने उद्देश्यले सुत्केरी भैँसी स्याहार कार्यक्रम बनाइएको मल्लले बताए । भैँसीलाई समेत स्याहार खर्च पाएपछि किसानहरू खुसि भएका छन् ।

मुसिकोटको ३३ जना किसानलाई सुत्केरी भैँसी स्याहार खर्च

जीर्ण अवस्थामा रहेको साँघुरो भवनबाट टेलिकमको सेवा

मुसिकोटको ३३ जना किसानलाई सुत्केरी भैँसी स्याहार खर्च

वीरेन्द्रनगरबाट फरार प्रतिवादी पक्राउ