समृद्धि एग्रो सोलुशनद्वारा निःशुल्क जैविक विषादी वितरण

सुर्खेत । विश्व वातावरण दिवसका अवसरमा एक सय जना कृषकलाई जैविक विषादी वितरण गरिएको छ । सोमवार दिवसका अवसरमा समृद्धि एग्रो सोलुशन सुर्खेतले वीरेन्द्रनगर नगरपालिकासँगगको समन्वयमा वडा नम्बर ९ मा रहेको सानाकिसान कृषि सहकारी मार्फत संचालित पिजिएस कृषक पाठसालाका ३० जना, फौजिकिरा आईपिएम कृषक समुहका ३० र मनिकापुर कृषक बहुमुखी सहकारी संस्थाका ३० जना कृषकलाई निममा आधारीत जैबिक बिषदी वितरण गरेको हो ।

बढ्दो बिषादी प्रयोगका कारण वातावरणमा असर पर्दै गएकाले रासायनिक बिषादीको प्रयोग कम गरि वातावरण संरक्षणमा टेवा पुग्ने हेतुले जैविक विषादी वितरण गरिएको समृद्धि एग्रो सोलुशनका निर्देशक यामप्रसाद शर्माले बताए ।

वीरेन्द्रनगर नगरपालिका कृषि विकास शाखाका प्रमुख हेमराज केसीले समृद्धि एग्रो सोलुशनले व्यावसायिक मात्र नभई समाजमा जनचेतना फैलाउने कार्यमा योगदान पुर्‍याएकोमा धन्यावाद ज्ञापन गरे । शाखा प्रमुख केसीले वातावरणीय क्षती कम गर्न रसायनको प्रयोग कम गर्नु पर्ने बताए ।

समृद्धि एग्रो सोलुशनद्वारा निःशुल्क जैविक विषादी वितरण

YUGAAWHAN NATIONAL DAILY (2080-02-22)

समृद्धि एग्रो सोलुशनद्वारा निःशुल्क जैविक विषादी वितरण

भेरिगंगा नगरपालिकाद्वारा बर्ष २०८० लाई सरसफाई वर्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *