अर्थमन्त्रीले मन लाग्दी याेजना बाँडे : का‌ग्रेस सांसद अधिकारी

सुर्खेत । कर्णालीका अर्थमन्त्री विनोदकुमार शाहमाथि करोडौँ रकम मनमौजी तरिकाले गाउँमा पठाएको आरोप लागेको छ । नेपाली कांग्रेसका सांसद सुरेश अधिकारीले शाहमाथि करोडौँ रकम मनमौजी तरिकाले गाउँमा पठाएको भन्दै प्रश्न उठाएका हुन् । कर्णाली प्रदेशसभाको ११ औँ बैठकमा बोल्दै अधिकारीले करोडौं रकम चुनावी खर्च उठाउने नियतले पठाएको आरोप लगाए ।

उनले भने,‘ मुख्यमन्त्री राजकुमार शर्मालाई समेत कुनै जानकारी नदिएर विविध शीर्षकको बजेटमाथि रजाइँ गर्नु राम्रो होइन । कि सबै जिल्लालाई समेट्नुपर्‍यो ।’ अधिकारीले मुख्यमन्त्रीलाई थाहै नदिएर अर्थमन्त्री शाहले राज्यको करोडौँ रकमको दुरुपयोग गरिरहेको बताए । उनले अन्य सांसदलाई समेत नसोधी चुनावमा भएको रकम उठाउने नियतले कार्यकर्तामुखी बजेट पठाएको आरोप लगाए ।

शाहले आफ्नो गृह जिल्ला दैलेखमा २३, सुर्खेतमा १८, जुम्ला ४, रुकुम १, हुम्ला १ गरी झन्डै ६८ वटा योजनामा बजेट पठाएका छन् । उनले पठाएका योजना रातो किताबमा आएका नभई शाहले आफैँ पठाएको कांग्रेसको आरोप छ । यद्यपि सल्यान र मुगुमा भने कुनै योजना परेको छैन । सांसद अधिकारीले सल्यान र मुगु कर्णालीमा पर्दैनन् भन्दै प्रश्न समेत उठाए ।

अर्थमन्त्रीले मन लाग्दी याेजना बाँडे : का‌ग्रेस सांसद अधिकारी

YUGAAWHAN NATIONAL DAILY (2079-12-22)

अर्थमन्त्रीले मन लाग्दी याेजना बाँडे : का‌ग्रेस सांसद अधिकारी

अटोमा बेहोस हुने औषधि खुवाएर भेरी किनारमा

Leave a comment

Your email address will not be published. Required fields are marked *