२०८२ बैशाख १७ गते
×

Now Playing

बजेटमा नसमेटिएको भन्दै सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

सुर्खेत । संघीय सरकारले आगामी बजेटमा आफूहरुलाई नसमेटेको भन्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित बनेका छन् । सामुदायिक विद्यालयका कर्मचारीहरुको सेवा सुविधा नीति तथा कार्यक्रममा उल्लेख गरिएको तर बजेटमा सम्बोधन नगरिएको भन्दै शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतमा धर्ना दिइएको हो ।

सरकारले हाल उपलब्ध गराउदैँ आएको सेवासुविधा बृद्धिको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समिति सुर्खेतले आइतबारदेखि धर्ना सुरु गरेको हो । २०७९ साल भदौँमा संघिय सरकारसँग बिद्यालय कर्मचारीको सेवासुविधा बढाउने सम्बन्धमा भएको लिखित सम्झौताको सरकारले पालना नगरेको भन्दै उनीहरुले धर्ना शुरु गरेका हुन् ।

बिद्यालय कर्मचारीको तलव बढाउने सम्बन्धमा भदौँमा सम्झौता हुदा आगामी आर्थिक बर्षको वजेटमा सम्बोधन गर्ने सहमति भएपनि हालै सार्वजनिक गरिएको वजेटमा तलव बृद्धि नभएको बिद्यालय कर्मचारीहरुको भनाइ छ । जिल्ला कार्य समिति सुर्खेतका अध्यक्ष द्रोणचन्द्र बिसीका अनुसार धर्ना आगामी २६ गतेसम्म चल्लने छ । आफ्ना मागहरु सम्बोधन नभएसम्म थप आन्दोलनका कार्यक्रम अगाडि बढाइने अध्यक्ष बिसीको भनाई छ ।

बजेटमा नसमेटिएको भन्दै सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

कर्णालीकाे भत्तामा भद्रगोल

Leave a comment

Your email address will not be published. Required fields are marked *