खानेपानी सुविधामा पहुँच बढाउने ऊर्जामन्त्री बस्नेतको प्रतिवद्धता

जाजरकोट ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा बिस्तार गरिने बताएका छन् ।

आईतबार सदरमुकाम खलङ्गामा भएको पत्रकार भेटघाटका क्रममा हालसम्म ८५ प्रतिशत जनसंख्यामा खानेपानीको सुविधा पुगेको भन्दै बाँकी १५ प्रतिशतमा कार्ययोजना बनाएर पहुँच स्थापित गर्ने जानकारी दिए ।

मन्त्री बस्नेतले एक वर्षभित्र जिल्लाका सबै ठाउँमा सञ्चार सेवा बिस्तार गरिने बताउँदै हालसम्म २८ वटामध्ये २१ टावर सञ्चालनमा रहेको र सात वटा टावर मर्मत भइरहेको बताए ।

उनले केही टावर थप गरी सञ्चार सेवा सबै क्षेत्रमा सुनिश्चित गरिने प्रतिबद्धता जनाएका छन् ।
जिल्लाका कच्ची सडक स्तरोन्नति भइरहेको उनको भनाइ छ । साथै जिल्लाका अस्पतालमा डाक्टरको संख्या कम भएको भन्दै उक्त समस्या हल गर्न आफू लागिपरेको उनको भनाइ छ ।

खानेपानी सुविधामा पहुँच बढाउने ऊर्जामन्त्री बस्नेतको प्रतिवद्धता

भेरीगंगाबाट अवैध सामान बरामद

खानेपानी सुविधामा पहुँच बढाउने ऊर्जामन्त्री बस्नेतको प्रतिवद्धता

म्यानमारसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा

Leave a comment

Your email address will not be published. Required fields are marked *