७९ लाख ४३ हजार कित्ता शेयर जारी गर्दै घोराही सिमेन्ट

सुर्खेत । घोराही सिमेन्ट ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर जारी गर्ने भएको छ । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरिएको शेयरमा उत्साहपूर्ण सहभागिताप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले शेयर जारी गर्ने जानकारी दिएको हो ।

कम्पनीले गत वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बिक्री खुला गरेको थियो । कम्पनीले जारी गर्ने शेयर मध्ये ३ लाख ९७ हजार १९० कित्ता शेयर आयोजना प्रभावितका लागि रहेको छ ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता शेयर छुट्याइएको कम्पनीले जनाएको छ । शेयर खरिदका लागि वैदेशिक शेयर खरिदकर्ताले देखाएको उत्साहले थप हौसला बढाएको कम्पनीले जनाएको छ ।

उद्योगले अहिले क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्‍याएको छ ।

७९ लाख ४३ हजार कित्ता शेयर जारी गर्दै घोराही सिमेन्ट

तीन वर्ष पुरानो मोटरसाइकलको नयाँ बील भुक्तानी

७९ लाख ४३ हजार कित्ता शेयर जारी गर्दै घोराही सिमेन्ट

भेरी नदीमा डुबेर बालकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *