६६ औं सहकारी दिवस भव्यताका साथ मनाइदै

सुर्खेत । ६६ औं सहकारी दिवसका अवसरमा सोमबार (आज) भव्यताका साथ मनाउन लागिएको छ । ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने मुल नाराका साथ सुर्खेतमा भिविन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

जिल्ला सहकारी संघ, भुमी व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय, सुर्खेत जिल्लामा रहेका बिषयगत संघ तथा प्रारम्भीक सहकारी संस्थाहरुको सहभागिता रहने कार्यक्रम बिहान ११ बजे मंगलगढी चौकबाट र्‍याली शुरु भई सुर्खेत सिटिहलमा पुगेर उद्घाटन समारोहमा परिणत हुने जिल्ला सहकारी संघका सचिव बिशाल केसीले जानकारी दिए ।

कर्णाली प्रदेशमा रहेका सहकारी संस्थाहरुले ग्रामिण भेगमा छरिएर रहेको पूँजि संकलन गर्ने, साना साना कर्जा तथा बचत कार्यक्रम संचालन गरी नागरिकको आर्थिक उन्नतीमा टेवा तथा सांस्कृतीक र सामाजिक उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । दिवसको अवसरमा आइतबार मंगलगढी चौकमा बृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको थियो भने, प्रशान्ति बृद्धाआश्रम र मानव सेवा आश्रममा फलफुल तथा खाद्यान्न सामाग्री सहयोग  गरिएको सचिव केसीले जानकारी दिए ।

६६ औं सहकारी दिवस भव्यताका साथ मनाइदै

आजकाे माैसम : यी पाँच प्रदेशमा मेघगर्जनसहित

६६ औं सहकारी दिवस भव्यताका साथ मनाइदै

घरजग्गा अनुदानमा एकीकृत बस्ती

Leave a comment

Your email address will not be published. Required fields are marked *