आजकाे माैसम : यी पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाकाे सम्भावना

काठमाडाैं । नेपालमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको माैसमविद्ले बताएका छन् । आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने जनाइएकाे छ ।






