एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाहको अग्रता

सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि मतगणना जारी छ । अध्यक्षका उम्मेदवार गुलावजंग शाहले सुरुवाती अग्रता लिएका छन् ।

एक सय मत गन्दा शाहले ५२ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । अध्यक्षका अर्को उम्मेदवार मीनबहादुर शाहीले ३८ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ ।
प्रदेश अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले दुई मत पाएका छन् । उपाध्यक्षमा टेकराज पछाई ४६ मत सहित अघि छन् । लालबहादुर महतराले ३८ र दानसिंह परियारले ११ मत पाएका छन् । सचिवमा ध्रुवकुमार शाही ६५ मतसहित अघि छन् भने रुद्रबहादुर शाहीले २७ मत पाएका छन् ।






