मानव अधिकार सम्वन्धि सरोकारवालासंग अन्र्तक्रिया

१६ दिने लैङिक हिंसा विरुद्धको १६ दिने अभियान २०८० को अवसरमा मानव अधिकार सम्वन्धि सरोकारवाला संग अन्र्तक्रिया गरिएको छ । मानव अधिकार, बाल विवाह, छाउपडी प्रर्था, जातिय छुवाछुत तथा भेदभाव सम्वन्धि वडा स्तरिय सरोकारवालासंग अभिमुखीकरण तथा अन्र्तक्रिया गरिएको छ ।


युरोपिएन युनियनको आर्थिक सहयोग,प्लान इन्टरनेशनल नेपाल, फेडो नेपाल कालिकोटको साझेदारी र मानव अधिकार तथा विकास संचार केन्द्र (हुर्डेक) नेपालको आयोजनामा खाँडाचक्र नगरपालिका वडा नं. १,२ र ११ नंबर वडाका जनप्रतिनिधी तथा अन्य सरोकारवालाहरुसंग विभिन्न हिंसाका बारेमा अभिमुखीकरण गरिएको छ ।

हुर्डेक नेपालका सचिव रिता आचार्य चौलागाँईको अध्यक्षता तथा खाडाचक्र नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष देवराज भारतीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मानव अधिकार तथा विभिन्न हिंसाहरुको बारेमा मानव अधिकारकर्मी तथा समाजसेवी कालि बहादुर मल्लले सहभागिहरुलाई प्रशिक्षण गराएका छन् । मानव अधिकार लगाएत समाजमा हुने विभिन्न हिंसाहरुलाई न्युनिकरण गर्न र समुदाय स्तरमा जनप्रतिनिधीहरुले गर्नुपर्ने कार्यका विषयमा प्रशिक्षण दिएका छन् ।

सहभागिहरुले प्रायजसो हिंसाहरु न्युनिकरण भएपनी समाजमा अझै हिंसाका कारणले विभिन्न समस्या भित्रीने गरेकाले सवैले चासो दिएर लाग्नुपर्ने र कुरीती कुसंस्कार न्युनिकरणमा मानव अधिकारकर्मी लगाएत सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्ने बताएका छन् । कार्यक्रममा जिल्ला स्थित संचारकर्मी तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।

मानव अधिकार सम्वन्धि सरोकारवालासंग अन्र्तक्रिया

केपी ओली टी–२० क्रिकेटमा मधेशले जित्यो उपाधि

मानव अधिकार सम्वन्धि सरोकारवालासंग अन्र्तक्रिया

उ–बेला आत्मनिर्भर : जुम्ला अहिले परनिर्भर