केपी ओली टी–२० क्रिकेटमा मधेशले जित्यो उपाधि

त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । टस जितेर व्याटिङ गरेको मधेश प्रदेशले त्रिभुवन आर्मीलाई एक सय ३६ रनको लक्ष्य दिएको थियो । मध्यम लक्ष्य पछ्याएको आर्मी भने सात विकेटको क्षतिमा एक सय २४ रनमा समेटियो ।

शुक्रवार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल खेलमा मधेशको शुरुवात उत्कृष्ट हुन सकेन् । मधेशले पावर प्लेमा ४६ रन बनाउँदा दुई विकेट गुमाएको थियो । सातौं नम्बरमा आएका विशाल पटेलले इनिङ सम्हाल्दै अविजित ४९ रनको योगदानमा मधेशले आठ विकेट गुमाउँदै एक सय ३५ रन बनायो । उनले ३२ बल खेल्दै तीन चौका र तीन छक्का हिर्काए ।

१७ रन जोड्ने क्रममा पहिलो विकेट गुमायो। मधेशले दोस्रो विकेट पनि सस्तैमा गुमायो । अनिल साहलाई तिब्रगतिका बलर सोमपाल कामीले विवेक यादवको हातबाट क्याच गराए । दोस्रो विकेटको रुपमा हरिशंकर साहलाई गुमाएको थियो । कप्तान हरिशंकरले २१ बल खेल्दै २७ रन बनाए । तीन चौका र दुई छक्का उनको इनिङमा रह्यो । इमरान शेखलाई सातौं ओभरको दोस्रो बलमा गुमाएपछि मधेश दबावमा पर्यो। शेख पनि आठ रन आउट भए । साहब आलमको बलमा विकेट किपर विनोद भण्डारीले शेखलाई स्टम्प आउट गरिदिए । पाँचौ नम्बरमा आएका मायान यादवलाई आलमले नै बोल्ड गरेपछि मधेश नौं ओभरको समाप्तीमा ५२-४ को स्थितिमा रह्यो । दशौं ओभरमा मधेशले केवल तीन रन मात्रै जोड्यो ।

११ औं ओभरको तेस्रो बलमा आलमले पवन सर्राफलाई नौ रनमा पभेलियनको बाटो देखाए । १४ बल खेल्ने क्रममा सर्राफ बोल्ड भए । त्यस ओभरमा आलमले केवल एक रन खर्चिएर एक विकेट लिए । उनले तीन ओभर बलिङमा केवल पाँच रन खर्चिएर तीन विकेट लिए । मधेशका व्याटरको महत्वपूर्ण साझेदारी बन्ने सकेन् । बसिर अहेमदको बलमा हिमांशु दत्त १४ रनमा बोल्ड भए । १८ औं ओभरमा विवेक यादवले पहिलो र दोस्रो बलमा विकेट लिएपछि मधेशको स्कोर मध्यम बन्न पुग्यो । एकै ओभरमा यादवले विशाल सुस्लिङ र रुपेश सिंहको विकेट लिए । विवेक र साहब आलमको नाममा समान तीन विकेट लेखियो ।

एक सय ३६ रनको लक्ष्य पछ्याएको आर्मी सन्तोष कार्की पाँचौ ओभरमा १६ रनमा आउट हुदाँ पहिलो विकेट गुमायो । ३२ रनको साझेदारी हुदाँ प्रविन पासवानको बलमा कार्की एलबीडब्लु धरापमा परे । कार्कीले १६ रन बनाउन १३ बल खेले । तीन चौका हिर्काए । दोस्रो विकेटको रुपमा रोहित पौडेल आउट भए । पौडेल केबल ११ बलमा पाँच रनमा प्रतिक यादवको बलमा मायान यादवबाट क्याच भए ।

११ औं ओभरको पहिलो बलमा हरिशंकर साहले विनोद भण्डारीलाई एलबीडब्लु धरापमा पार्दै आर्मीमाथि दबाव बनाईराखे । भण्डारीले ३० बलमा ३२ रन हिर्काउँदा ५ चौका सामेल थियो । सोही ओभरको तेस्रो बलमा साहले बसिर अहेमदलाई उस्तै एलबीडब्लु आउट गरे । ओभरको पाँचौ बलमा कुशल मल्ललाई बोल्ड गर्दै डकआउट गरे । साहले एकै ओभरमा तीन विकेट झारेपछि आर्मीलाई लक्ष्य पछ्याउन सकस बनेको थियो । आफनो दोस्रो ओभर बलिङ गरेको साहले केवल एक दिएर तीन विकेट लिए । साहले आफनो तेस्रो ओभरको बलिङ गर्ने क्रममा राजेश पुलामीलाई पनि दुई रनमै पभेलियन फर्काए ।

इनिङ सम्हाल्ने प्रयास गरिरहेका भीम सार्की पनि २२ रनमा आउट भएपछि आर्मी धरासायी बन्न पुग्यो। प्रदीप पासवानको बलमा सार्की १७ औं ओभरको चौथो बलमा आउट भए । २१ बलमा दुई चौका र एक छक्का हिर्काए । विवेक यादवले १४ बलमा २५ रन बनाए । सोमपाल कामीले १५ बलमा १६ रनमा अविजित रहे । यद्यपी हार टार्नबाट जोगाउन सकेनन् । सात विकेटको क्षतिमा आर्मी एक सय २४ रनमा समेटियो ।

केपी ओली टी–२० क्रिकेटमा मधेशले जित्यो उपाधि

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक

केपी ओली टी–२० क्रिकेटमा मधेशले जित्यो उपाधि

मानव अधिकार सम्वन्धि सरोकारवालासंग अन्र्तक्रिया