उ–बेला आत्मनिर्भर : जुम्ला अहिले परनिर्भर

सिंजा गाउँपालिका–४ माथिल्लो गोठि गाउँका धनबहादुर बुढा उमेरले ५९ वर्षका भए । स्थानीय कृषि उत्पादनप्रतिको पुरानो लगाब र मेहनत उनले भुल्न सकेका छैनन् । उनी भन्छन्, ‘पहिले हाम्रो जुम्ली परिवेश निकै आत्मनिर्भर थियो ।’ अहिले परनिर्भरता बढ्दै गएको छ ।
उनी चिन्तित प्रकट गर्छन्। बुढाका अनुसार जुम्ला पहिले लुगामा आत्मनिर्भर थियो । खाने चिज आयात गर्नुपर्ने अवस्था थिएन । पशुबस्तुका लागि चरन क्षेत्र पर्याप्त थियो । घरवरिपरि घना जंगल हुन्थ्यो। अहिले आयातित लत्ताकपडा र खाद्यान्नले स्थानीय उत्पादन दिनानुदिन घट्दै गइरहेको छ । विगतमा प्रत्येक गाउँ–गाउँमा भेडापालन मौलाउँदो थियो । भेडाबाख्राको ऊनबाट बाक्लो बक्खु सिटर,टोपी,मफलर,मोजा र पञ्जालगायत लुगा बुनिथ्यो ।

ती लुगा निकै दिगोपना न्यानो हुन्थे । चिसो र तातो दुवै मौसममा लगाउन अनुकूल मानिन्थ्यो । नुनमा भने पहिला पनि जुम्ला परनिर्भर थियो । नुन ल्याउन एक महिना लगाएर नेपालगन्जसम्म पुग्नुपथ्र्यो । भेडा लिएर नुन ल्याउन भोटतिर पनि जान्थे जुम्ली । तेलका लागि गाउँमै तोरी फलाइन्थ्यो । फर्सी (कद्दु),भागो,आरु, ओखर,सुर्यमुखी र ढटेलोबाट तेल निकालिन्थ्यो ।
फापर,कागुनो,चिनो,मार्से,कोदो स्थानीय रैथाने बालीको खेती अनिवार्य गरिन्थ्यो। जुम्लाका मानिसले लगाउने लुगा धेरै ठाउँमा टालेको हुन्थ्यो । तर टालेको लुगाभित्र प्रत्येक टालोभित्र रुपैयाँ राखिन्थ्यो। त्यो रुपैयाँ निकै सुरक्षित मानिन्थ्यो । यसले जुम्ली त साहु(धनी) हुन्छन् ।
भन्ने सन्देश जान्थ्यो । तर यिनै सबै कुरा अहिले नसुतेर ( दिउँसो) देखिने सपना जस्तै भए । पहिले भ्रष्टाचार हुँदैनथ्यो । सामान्य गल्ती हुनेबित्तिकै कारबाहीको भागिदार भइहाल्नुपथ्र्याे। सामान्य गल्ती गरेपनि उतिबेला राताघर लिन्छन्,भने कुराले समाजमा एक प्रकारको अनुशासन, इमानदारीता थियो।अहिले भ्रष्टाचार गाउँ –गाउँमा मौलाउँदो छ।धार्मिक परम्परा पनि विभाजित हुँदैछ। एसईई पास हुने मान्छेले कृषि कर्म गर्न अप्ठ्यारो मान्छन् । हलो,कोदालो चलाउन लाज मान्छन्, त्योभन्दा माथिल्लो कक्षामा पुग्नेबित्तिकै थलो छाडेर जान्छन् ।
कृषि क्षेत्र छताछुल्ल छ । अहिले पानीका मुहान सुक्दै जान थालेका छन्।आफ्नै हातले ठेटुवाको लुगा बुनिन्थ्यो। काठको छिपो बनाएर जुम्लाको पाटनमा पाइन जडिबुटी घोलेर ठेटुवामा छिपेर धोती बनाएर जुम्लाकी महिलाले धोति बनाउने गरेर लगाउथिन्।पटुकादेखि बक्खु, सुरुवाल ऊनकै लगाइन्थ्यो । लुगाफाटो किन्न बजार सदरमुकाम पुग्नु पर्दैनथ्यो। तर ती स्थानीय कपडा अहिले देखिन छाडे ।

धनबहादुरले विगत सम्झँदै भने,झन्डै चार ÷पाँच दशकयता आधुनिक प्रकारका लत्ताकपडा भित्रिएका छन्।विदेशी आयतित कपडा आएपछि जुम्लाका पहिचान बोकेका लुगाफाटो हराए । अहिले स्थानीयले शरीर नढाकिने गरी कपडा लगाउन थाले। बाहिरी देशबाट आयातित विषादीयुक्त खानेकुरा खान थाले । गरिबी सुरु भएको छ । तिनै खानेकुरा खाएर मानिस ९० देखि सय वर्षसम्म बाँच्थे। युवाले न्यूनतम ८० –८५ केजीसम्मको भारी बोक्थे ।
घरेलु औजारले भौतिक पूर्वाधार निर्माणदेखि खेती किसानीसम्मको काम हुन्थ्यो। सामान्य तमसुक,चिठीक लेख्ने पढ्ने मान्छेको अभाव थियो । तमसुक,चिठीक लेख्न पढ्न सक्ने मान्छेले समाजको अगुवाइ गर्थें।त्यतिबेला छोरीचेली पढ्ने पढाउने चलन बसेको थिएन् ।
यदि फाट्टफुट्ट रुपमा पढेपछि उतिबेलाको एसएलसी उतिर्ण गरेको भए,सिधै शिक्षिका बनाइने रित(चलन) थियोे।अहिले घरघरमा ठालु गाउँ–गाउँमा नेताकार्यकर्ता जन्मिएका छन्। पुराना संस्कार,संस्कृति र मुल्यमान्यता मान्न छाडिएको छ । पञ्चायत कालमा प्रधानले गाउँको रीतिथिति बनाउँथे। अहिले वडाध्यक्ष छन्।पहिले अन्न बेच्थ्यौं । अहिले अन्न किन्छौं,बुढा भन्छन् ।


समय र परिस्थिति परिवर्तन जाँदा समाजको गति पनि नराम्रो किसिमले प्रभावित बन्दै गएको छ । प्रत्येक घरले हुलाक बोक्ने प्रचलन थियो । कटुवाले (चौकिदार) प्रथा थियो। हेरालोको भरमा अन्नबाली लगाइन्थ्यो। अहिले छाडा पशुचौपायाले अन्नबाली सखाप बनाइदिने गर्छन्।गाउँमा आउने कर्मचारीलाई हरेक घरमा आलोपालो गरेर खाना खुवाइन्थ्यो ।
स्थानीय जनता र कर्मचारीको सम्बन्ध निकै प्रगाढ हुन्थ्यो। अहिले कर्मचारीले नै अनियमितता गर्छन् । पहिले स्वास्थ्योपचारका लागि अस्पताल थिएनन्,जडीबुटीले उपचार हुन्थ्यो । घरेलुु उपचार बढी हुन्थ्यो।अहिले अस्पताल प्रत्येक वडामा छन् । रोग पनि विभिन्न प्रकारका लाग्छन् ।
पहिले धामीझाँक्रीको भरमा गाउँको स्वास्थ्य क्षेत्र चल्थ्यो। पानीले चल्ने घट्ट हुन्थे । समाचार सुन्न रेडियो क्यासेट थिएनन्। टर्चलाइट थिएन ।
वनबाट झरो (दाउरा) को दियालोले काम चलाइन्थ्यो। कपडाका जुत्ता पाइँदैनथे। सार्की जातिले बनाएका दोचा लगाइन्थ्यो। चार फिटसम्म हिउँ पथ्र्यो। समयमै वर्षा हुन्थ्यो।
प्रत्येक घरमा भेडा र गाईबस्तु हुन्थे। भेडाबाख्रा हिउँदमा सुर्खेत, दैलेख र जाजरकोटतिर चराउन (पालन) लगिन्थ्योे।अर्गानिक खाना खान पाउँदा पहिलेका मान्छे असाध्यै बलिया हुन्थे। अहिलेको पुस्ता काम नै गर्दैन। हरेक खानामा विषादी मिलाइएको छ ।
पहिले जडीबुटी कोर्ने नियम आफ्नै प्रकारको थियो।तर अहिले त्यसको सदुपयोग हुन छाडेको छ।पहिले छोरी माग्न जाने चलन थियो। सहजै रूपमा दिएर वचन छोड्ने चलन थियो। एक मानो सिमी,दही र एक डालो टाटे (पुरी)लिएर बिहेका लागि छोरी माग्न जाने चलन थियोे। अहिले सामाजिक सञ्जाल फोन र फेसबुकबाटै विवाह गर्छन् ।
टीकाको नाममा सिन्दुरको प्रयोग हुँदैनथ्यो। दहीचामल लगाउने चलन थियो।पहिला गाउँमा घर बनाउँदा सबै गाउँले जुट्थे। अहिले सबै ज्याला मजदुरीमा काम हुन्छ। पहिला पाँच ÷सात हजार रुपैयाँमा घर बन्थ्यो, ज्याला अन्न हुन्थ्यो ।
अहिले लाखौं रुपैयाँ खर्चेरसमेत बलियो घर बनाउन सकिँदैन। पहिले माटो बाट बनेका घर थिए,अहिले सबै गाउँमा जस्ताका घर देखिन्छन् । सरकारी कामकाजका लागि हिँडेर सदरमुकाम जानुपथ्र्यो। सामान्य तमसुक लेख्न सके जागिर मिल्थ्यो ।
छोरा जन्मेपछि छैठ खेलाइन्थ्यो । छोरी जन्मँदा हेलाको पात्र बन्थिन् महिला अहिले छोराछोरी बराबरी भन्छन् । छोरीलाई सम्पत्ति दिने चलन बस्यो ।






