सुर्खेत–जुम्ला सडक खण्डको जंगलमा शव भेटियो

सुर्खेत। सुर्खेत–जुम्ला सडक खण्डमा पर्ने वीरेन्द्रनगर–१ बाङ्गेसिमल नजिकको सडक किनारको जंगलमा शव भेटिएको छ । अन्दाजी ३०/३५ बर्षको जस्तो देखिने पुरुषको शव आधा शरिर कुहिएको अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएका छन् ।

बाङ्गेसिमल प्रहरी चौकीदेखि करिव १०० मिटरको दुरीमा भेटिएको शवको केही भाग कुहिएर अनुहार नचिनिने अवस्थामा रहेको जनाइएको छ । ज‌गलभित्र रहेकाे खाेचमा भेटिएकाे शव हत्या वा अाम्महत्यादेखि शवकाे पूर्ण पहिचानका लागि अनुसन्धान भैरहेकाे जनाइएकाे छ ।

घटना स्थलमा भर्खर प्रहरीको अनुसन्धान टोली पुगेको हुँदा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका नायव प्रहरी निरीक्षक तथा प्रवक्ता लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।

सुर्खेत–जुम्ला सडक खण्डको जंगलमा शव भेटियो

एमाले कर्णाली जारी मतदानमा अहिलेसम्म तीन सय