कपुरकोटमा कुकुरको टोकाइबाट चार जना घाइते, गाउँपालिकालाई छैन कुनै चासो

सल्यान, १७ फागुन ।

कुकुरको टोकाइबाट सल्यानमा चार जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा कुकुरको टोकाइबाट दुई बालक सहित चार जना घाइते भएका हुन् । वहुला कुकुरले टोकेको भन्दै स्थानीय त्रासमा छन् ।

कपुरकोट तल्लो बजार निवासी उत्तम खड्काको ६ वर्षिय छोरा सुरज मंगलबार कुकुरको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि काठमाण्डौँ लगिएको छ ।

स्थानीय रुद्रवीर कवरका अनुसार सोबार र मंगलबार गरेर कपुरकोटमा कुकुरले २२ वर्षिय दिपा भण्डारी, दुई बालक र एक पुरुषलाई टोकेको थियो । कुकुरले एक किसानको बाख्रालाई समेत टोकेको थियो । प्रहरी चौकी कपुरकोटका अनुसार कुकुरले मानिसलाई टोकेको सुन्नमा आएको र यसबारे विवरण संकलनको कार्य भइरहेको छ ।

कुकुरले चार जना मानिसलाई टोकिसक्दा र त्रास फैलदा समेत गाउँपालिकाले कुनै चासो नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । छोरोलाई उपचारका लागि काठमाण्डौ पुगेका उत्तमले भने, ‘कुकुरले टोकेर मानिसलाई घाइते बनाइसक्यो ।

तर गाउँपालिकाले कुनै पनि चासो दिएको छैन ।’ सडकका कुकुरको समयमै व्यवस्थापन र नियन्त्रण हुन नसक्ने हो भने रेविज फैलन सक्ने स्थानीयको चिन्ता छ ।

भुस्या कुकुरको व्यवस्थापन र रेविज नियन्त्रणका लागि कपुरकोट गाउँपालिकासंग कुनै योजना भएको देखिदैन । कुकुरलाई रेविज विरुद्धको खोप दिने र भुस्या कुकुर व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा कुनै पनि बजेट तथा योजना नरहेको गाउँपालिकाका योजना शाखा प्रमुख खगेन्द्र बहादुर शाहीले जानकारी दिए ।

कुकुरले मानिसलाई टोकेको र रेविजको त्रास फैलिएकोबारे थाहा भएपनि यसतर्फ गाउँपालिकाका जनप्रतिनिधीहरुले कुनै चासो नदिएको स्थानीयहरु बताउँछन् ।

 

कपुरकोटमा कुकुरको टोकाइबाट चार जना घाइते, गाउँपालिकालाई छैन कुनै चासो

लघुवित्त संस्थाविरुद्ध सल्यानमा महिलाको प्रदर्शन

कपुरकोटमा कुकुरको टोकाइबाट चार जना घाइते, गाउँपालिकालाई छैन कुनै चासो

छिन्चु स्वास्थ्य चौकीमा निशुल्क महिला स्वास्थ्य शिविर

Leave a comment

Your email address will not be published. Required fields are marked *