अनेरास्ववियुको आयोजनामा बक्तृत्वकला र हाजिरिजवाफ प्रतियोगिता

केवि थापा
हुम्ला, १७ चैत्र ।
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले अदानचुली गाउँपालिका भित्रका माध्यमिक बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता र निमाबी स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
अनेरास्ववियु अदानचुली गाउँकमिटिको आयोजनामा सम्पन्न उक्त बक्तृत्वकला प्रतियोगितामा दुई बिद्यालयका ४ जना मात्र सहभागी भएको अनेरास्वीयुका जिल्ला अध्यक्ष जयराज जैसीले जानकारी दिनु भएको छ ।
उनका अनुसार माध्यामिक बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा पुरुषतर्फ ज्ञानोदय माध्यमिक बिद्यालयका छात्र हुमराज पाण्डे प्रथम भएका छन् भने द्धितियमा सुर्योदय माध्यमिक बिद्यालयका सरोज थापा भएका छन् ।
त्यसैगरी छात्रातर्फ प्रथम हुनेमा सुर्याेद्य माविकी रङगिता बुढा र द्धितियमा ज्ञनोदय माध्यमिक बिद्यालयकी छात्रा संगिता जैसी भएकी छन् । त्यसैगरी निमावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा ६ वटा बिद्यालयले भाग लिएका थिए । भाग लिएका ६ वटा बिद्यालय मध्ये १६ अंक ल्याएर ज्ञानोद्य माबि प्रथम भएको छ भने ११ अंक ल्याएर छत्रपाल आधारभुत बिद्यालय द्धितिय स्थान हाँसिल गरेको छ ।
सुर्योदय माध्यमिक बिद्यालयले १० अंक ल्याएर तृतिय भएको छ भने ९ अंक ल्याएर सान्त्वना भएको बताएका छन् त्यसैगरी ९ अंकै प्राप्त गरेको हिमालचुली आधारभुत बिद्यालयले जनकल्याण आधारभुत बिद्यालयसँग दोस्रो प्रतिस्पर्धामा पाँचौ भएको छ भने जनप्रिय आधारभुत बिद्यालयले भने ६ अंक ल्याएको छ ।
अनेरास्ववियुले आयोजना गरेको उक्त प्रतियोगितालाई पुरस्कार बितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा अदानचुली गाउँपलिकाका अध्यक्ष दल फडेराले कुनै पनि भातृ संगठनले चर्का भाषण गर्नुको साँटो यस्ता किसिमका नयाँ सृजनात्मक कार्य गर्नुपर्नेमा जोड दिए ।








