समाजवादीको टोल कमिटी, काँग्रेसका ११ जनाले एस पार्टी रोजे

दुर्गा विसि
सल्लीबजार, १७ चैत्र ।
एकीकृत समाजवादी टोल कमिटी गठन गर्न निगालचुला पुगेको छ । बनगाड कुपिन्डे नगरपालिका वडा न १२ बस्नेउरा टोलमा टोल कमिटी गठन गरिएको छ ।

टोल कमिटी प्रशिक्षण कार्यक्रम तुल्सी प्रसाद वलिको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि नगर इन्चार्ज तथा प्रदेश कमिटी सदस्य गणेश बिस, प्रदेश कमिटी सदस्य जीवन बि.सि., अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा जिल्ला कमिटी सदस्य तिलक नेपाली, जिल्ला कमिटी सदस्य तथा नगर सचिव साथै वडा इन्चार्ज गोबिन्द डाँगी, युबा संघ नेपालका जिल्ला कमिटी सदस्य तथा वडा कमिटी उपाध्यक्ष पुर्ण बहादुर घर्ती, अनेम संघ नेपाल जिल्ला कमिटी सदस्य चन्द्रा बुढाले मन्तब्य राखेका थिए ।

कार्यक्रमको संचालन वडा कमिटी सचिव राजकुमार बिकले गरेका थिए । साथै सोही अवसरमा नेपाली काँग्रेस पार्टी परित्याग गरी रत्नलाल घर्तीसहितको ११ जनाको टिम नेकपा एकीकृत समाजबादी (एस) पार्टीमा प्रवेश गरेको बताइएको छ । बेलबहादुर बिकको अध्यक्षतामा १३ सदस्यिय टोल कमिटी गठन गरिएको छ ।

समाजवादीको टोल कमिटी, काँग्रेसका ११ जनाले एस पार्टी रोजे

कर्णालीको लाखौं अनुदान लिएको साबुन उद्योग सञ्चालनमा

Leave a comment

Your email address will not be published. Required fields are marked *