कालिकोटमा बेवारिसे अवस्थामा एक जनाको शव फेला

कालिकोट,१४ मंसिर ।
कालिकोटमा बेवारिसे अवस्थामा एक जनाको शव भेटिएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ३ सिस्नेगडामा बेवारिसे अवस्थामा एक जनाको शव भेटिएको हो । नामथर र ठेगाना नखुलेका एक व्यक्तिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुबराज बमले जानकारी दिए ।
कर्णाली कोरिडोरदेखि झन्डै १० मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीयवासीले घाँस काट्न जाने क्रममा शव देखेपछि स्थानीय प्रहरी चौकी शान्तिघाटमा खबर गरेका थिए । अहिले मृतकको शव प्रहरीले जिल्ला अस्पतालको शव गृहमा ल्याएर राखेको छ ।






