भेरीमा बगेर महिलाको मृत्यु

जाजरकोट,१४ मंसिर ।

भेरी नदीमा पानी भर्ने क्रममा हिजो (मङ्गलबार) बेलुका चिप्लिएर नदीमा खस्दा एक महिला बेपत्ता हुनुभएको छ । भेरी नगरपालिका –१ रावतगाउँ निवासी ५२ वर्षीया दुर्पता खत्री नदीमा बगेर बेपत्ता भएकि हुन् ।

स्थानीय मधुकर नेपालीका अनुसार नजिकै रहेको तरकारी बारीमा सिंचाइका लागि भेरी नदीबाट पानी बोकेर सिंचाइ गर्नका लागि पानी भर्ने क्रममा उनि नदीछेउमै चिप्लिएर बेपत्ता भएको जानकारि दिए ।

बगेको केही समयपछि खोजतलास गर्ने क्रममा करिब १५ किलोमिटर टाढा भेरी नदीछेउमा उनको शव फेला परेको स्थानीयले बताएका छन् । मृतक खत्री स्थानीय दीपेन्द्र प्राथमिक विद्यालय रावत गाउँमा कार्यालय सहयोगी पदमा कार्यरत रहेकि थिइन् ।

गोरखापत्र

भेरीमा बगेर महिलाको मृत्यु

कालिकोटमा बेवारिसे अवस्थामा एक जनाको शव फेला

भेरीमा बगेर महिलाको मृत्यु

सल्यानमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना

Leave a comment

Your email address will not be published. Required fields are marked *