सुर्खेत बहुमुखी क्याम्पसको लेखा प्रशासनमा अनिश्चितकालिन तालाबन्दी

सुर्खेत,१४ मंसिर ।

सुर्खेत बहुमुखी क्याम्पसको लेखा प्रशासनमा तालाबन्दी गरीएको छ । अखिल नेपाल विद्यार्थी संघ, नेपाल विद्यार्थी संघ र अनेरास्ववियूले सयुक्त रुपमा बुधबार विहान ७ बजे बहुमुखी क्याम्पसको लेखा प्रशासनमा तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियु सुर्खेत बहुमुखी क्याम्पस कमिटि अध्यक्ष अकल सिजापति, नेपाल विद्यार्थी संघका उमेश न्यौपाने, अखिल क्रान्तिकारीका हरि बुढाले संयूक्त विज्ञप्ती जारी गर्दै तालाबन्दी गरेको जानकारी दिएका छन् । सुर्खेत बहुमुखी क्याम्पस प्रशासनले शिक्षा सेवा क्षेत्र बिर्सेर व्यवसाय उन्मुख कदम चालेको देखिएको छ ।

प्रशासनले लेखा शाखामा निजि शैक्षिक संस्थाको जस्तो गरि अस्वभाविक तरिकाले बिएड÷बिबिएस प्रथम बर्ष भर्नाका लागि बिद्यार्थीको ढाड सेकाउने मनोवृतिका साथ चर्को शुल्क वृद्धि गरेको प्रति उललेखित बिद्यार्थी संगठनहरुले अनिश्चितकालिन तालाबन्दी गरेको जनाएका छन् ।

उक्त कार्य विद्यार्थीको हित विपरीत भएको हुँदा सो शुल्क २४ घण्टाभित्र फिर्ता नगरेको खण्डमा थप आन्दोलनका कार्यक्रम गरिने पनी बिज्ञप्तीमा भनिएको छ ।

सुर्खेत बहुमुखी क्याम्पसको लेखा प्रशासनमा अनिश्चितकालिन तालाबन्दी

मेहेलकुनामा हरेक वर्ष लाग्दै आएको शुभाघाट मेला

सुर्खेत बहुमुखी क्याम्पसको लेखा प्रशासनमा अनिश्चितकालिन तालाबन्दी

कालिकोटमा बेवारिसे अवस्थामा एक जनाको शव फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *