मेहेलकुनामा हरेक वर्ष लाग्दै आएको शुभाघाट मेला विवादित

दिलिप ढकाल

सुर्खेत,१४ मंसिर ।

सुर्खेतको गुर्भाकोट नगरपालिका को मेहेलकुनामा हरेक वर्ष लाग्दै आएको शुभाघाट मेला विवादित बनेको छ। यश अघि गरेको सहमति वडा नम्बर ८ ले कार्वान्वयन नभएको भन्दै वडा नम्बर ७ वडा कार्यालयले छुट्टै स्थानमा मेलाको आयोजना गरेपछि शुभाघाट मेला विवादित बनेको हो।

गुर्भाकोट ८ मा पर्ने खैरेनीमा लाग्दै आएको मेलामा आफूहरूलाई नसमेटिएको र एकलौटी गरेको भन्दै ७ नं. वडा कार्यालयले गोकलपुरमा रहेको मिनी रङ्गशालामा मेलाको आयोजना गरेको गुर्भाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष वासुदेव शर्माले बताए । ८ नं. वडा कार्यालयले समिति गठन गर्दा पेलेर गरेका कारण आफूहरूले छुट्टै स्थानमा मेला आयोजना गर्नुपरेको उनको भनाई छ।

विवादकै कारण वडा नम्बर ७ को बाटो हुँदै सिटी हल, खानेपानी कार्यालय र खैरेनी चौर तर्फ जाने बाटो वडा नम्बर ७ का युवाहरुले अवरुद्ध गरेको वडाध्यक्ष शर्माले स्वीकार गरे । साथै आफ्नो आग्रहमा युवाहरु लाई छलफल हुने भएकाले त्यति बेला सम्म बाटो खोलान अनुरोध गरेपछि हाल बाटो खुलेको उनले जानकारी दिए ।

वडा नम्बर ७ को वडा कार्यालयले सिटी हल, खानेपानी कार्यालय र खैरेनी चौर तर्फ जाने बाटो बन्द गरेको खण्डमा ८ नम्बर वडा कार्यालयले छुट्टै बाटो निर्माण गरि चौर सम्म जाने बाटो बाटो निर्माण गर्ने योजना बनाएको समेत वडा अध्यक्ष शर्माले खुलासा गर्नु भयो। उहाले सहमतिखोज्नी प्रयास भइरहेको तर सहमति नभए हालको निर्णय बाट पछी हट्न नसकिने प्रस्ट पारे ।

मेला समिति गठन गर्दा ८ नं. वडा कार्यालयले वडा नं. ७ र १२ बाट समेत प्रतिनिधित्व गराउने प्रयास गरेको जनाएको छ। ८ नं. वडाका वडाध्यक्ष किरण कुमार वि.क.ले मेला समिति गठन गर्दा वडा नं. ७, वडा नं. ८ का १० वटा टोल समिति, बजार व्यवस्थापन समिति र १२ नं. वडाको समेत प्रतिनिधित्व हुनेगरि गर्न आफूले प्रस्ताव गरेको बताए ।

भोलि बिहान १० बजे ७ नम्बर वडा का जना प्रतिनिधि र ८ नम्बर वडाका जना प्रतिनिधि सहित नगर उप–प्रमुख मैना बिक सहितको बैठक बसी सहमतिको प्रयास गरिने उनले जानकारि दिए ।

मेहेलकुनामा हरेक वर्ष लाग्दै आएको शुभाघाट मेला विवादित

YUGAAWHAN NATIONAL DAILY (2079-08-14)

Leave a comment

Your email address will not be published. Required fields are marked *