आखेटोपहार सम्बन्धि मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

दिपेन्द्र शर्मा
जाजरकोट, १६ असार ।
जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नं. ८ बस्ने आशिष आर.सी. सिसपाल रोकाय भएको आखेटोपहार (रेड पाण्डाको छाला) सम्बन्धि कसुर मुद्दामा जिल्ला अदालत जाजरकोटको २०७८ माघ १८ गतेको फैसलामा दुई लाख पचास हजार) जरीवाना ठहर भएको थियो ।

प्रतिवादी आशिष आर.सी.भन्ने सिसपाल रोकायलाई यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निज प्रतिवादी घर वतनमा नै लुकिछुपी बसिरहेको अवस्थामा २०७९असार १५ गते फेला पारी रितपुर्वक पक्राउ गरी यस कार्यालयमा दाखिला गरेकोमा निज प्रतिवादीलाई जिल्ला अदालत जाजरकोट पठाईएको र आजै जिल्ला अदालत जाजरकोटबाट कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय ले जनाएको हो ।






