निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

डोल्पा,१६ असार ।

त्रिपुरासुन्दरी नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले १६ लाख रुपियाँ लागतमा आर्थिक वर्ष २०७८÷७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।त्रिपुरासुन्दरी नगरपालिकाले नगर क्षेत्रका बिरामीलाई अस्पतालमा पु–याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाले सञ्चालनमा ल्याएको निःशुल्क एम्बुलेन्स सेवाको नगरप्रमुख जनचन्द्र रोकाया, जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकाया, जिल्ला अदालतका न्यायाधीश केशवराज चपाई र प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले संयुक्त रूपमा बुधबार उद्घाटन गरेका थिए ।

नगरपालिकाका प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलका अनुसार ठूलीभेरीमा नवनिर्मित बेलिब्रिज पुलमा एम्बुलेन्स गुडाएर उद्घाटन गरिएको थियो ।नगरप्रमुख रोकायाले पालिकासहित यातायात सेवा पुगेका अन्य पालिकामा पनि निःशुल्क सेवा दिने बताए । त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरस्थित ठूलीभेरी नदीमाथि राखिएको बेलिब्रिज पनि सञ्चालनमा आएको छ ।

स्रोत :  गोरखापत्र

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

‘पोषण सुधारमा लगानी बढाऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *