फुुइसिङ खानेपानीको पाइपलाइन पुनर्निर्माण

हुम्ला, १६ असार ।
पहिरोले क्षतिग्रस्त नाम्खा गाउँपालिका–५, तुम्कोटगाउँ फुुइसिङ खानेपानीको पाइपलाइन पुनर्निर्माण भएको छ । स्थानीय उपभोक्ता ल्यान्ड तामाङ लामाका अनुसार गत वर्षको पहिरोले क्षति पुगेको सो खानेपानी योजना पुनर्निर्माणपछि घरघरका धारा सञ्चालनमा आएको छ ।

सो खानेपानी आयोजनालाई पहिरोले क्षति पु–याएपछि स्थानीयले एक घण्टा टाढाको खोलामा धाउनुपर्ने अवस्था थियो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा सो खानेपानी योजना पुनर्निर्माण गरिएको जनाइएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना जिल्ला सल्लाहकार वीरेन्द्र थापाका अनुसार यस योजनाबाट तुम्कोट गाउँका २६ घरधुरी लाभान्वित भएका छन् ।

सो परियोजना सम्पन्न गर्न स्थानीयवासीको श्रमदानसहित २६ लाख रुपियाँ खर्च भएको जनाइएको छ । सो परियोजनाबाट छ किलोमिटर टाढाबाट पाइपलाइन बिच्छ्याउनुका साथै आठ हजार लिटर क्षमताको पानी सङ्कलन ट्याङ्की निर्माण गरिएको छ ।

स्रोत ः गोरखापत्र

फुुइसिङ खानेपानीको पाइपलाइन पुनर्निर्माण

अधिकांश विद्यार्थीमा ठेउला

फुुइसिङ खानेपानीको पाइपलाइन पुनर्निर्माण

‘पोषण सुधारमा लगानी बढाऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *