अधिकांश विद्यार्थीमा ठेउला

हुम्ला,१६ असार ।

खार्पुनाथ गाउँपालिकाको हुुम्ला माध्यामिक विद्यालयका अधिकांश विद्यार्थीमा ठेउला देखापरेको छ । गाउँपालिका वडा नम्बर ३ को उक्त माध्यमिक विद्यालयका विद्यार्थीहरुमा ठेउला रोग देखिएपछि विद्यालय प्रसासनले रोकथामका लागि अनुरोध गरेको छ ।

राया स्वास्थ्य चौकीका संयोजक बिरसि रावलका अनुुसार विद्यालयका अधिकांश बिद्यार्थीमा ठेउला भएको बताए । विरामी बिद्यार्थीहरुको अनुुहार, शरीर र पाखुुरामा ठेउला जस्तै फोका आएको र यसको रोकथामका लागि पहल थालिएको उनले बताए । स्वास्थ्य चौकीले हाल ३० भन्दा बढी बिद्यार्थीहरुलाई सुुई लगाउन सुरु गरिएको जनाएको छ ।

विद्यालयका शिक्षक टेकबहादुुर बुढाले बिगत एक महिलादेखि बिद्यार्थीहरुमा यस्तो रोग देखिदै आएको बताए । यस्तो रोग देखिएका बिद्यार्थीहरुलाई विद्यालयमा आउन नदिएको र उनीहरु घरमै बस्ने लगाइएको बताए । एक जना छात्रामा देखिएको यो रोग विस्तारै ४० जना भन्दा धेरै विद्यार्थीमा देखा परेको विद्यालयले जनाएको छ ।

यो रोगमा बिरामीहरु एक हप्तासम्म थला पर्ने र त्यसपछि बिस्तारै निको हुने गरेका छन् । यसअघि उत्तरी नाँम्खा गाउँपालिकाको महाबौद्ध माविका ५७ जना बिद्यार्थीहरुमा पनि सो बिराम देखिएको थियो । रोगको लक्षण परीक्षणका लागि चिकित्सकको टोली विद्यालयमा पुुगेर काठमाडौंमा परीक्षणका लागि पठाईए पनि हालसम्म रिपोर्ट आई सकेको छैन् ।

स्रोत :  गोरखापत्र

अधिकांश विद्यार्थीमा ठेउला

आज पनि मुलुकभर भारी वर्षाको सम्भावना

अधिकांश विद्यार्थीमा ठेउला

फुुइसिङ खानेपानीको पाइपलाइन पुनर्निर्माण

Leave a comment

Your email address will not be published. Required fields are marked *